नेशनल बैकिङ्ग इन्स्टिच्युट र सिद्वार्थ बैंक ले “नेपालमा ईभिमा वित्तिय लगानीमा सहकार्य गर्ने

Prabhu

नेशनल बैकिङ्ग इन्स्टिच्युट र सिद्वार्थ बैंक ले  “नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भाव्यता” का बारेमा अध्ययन अध्ययन गर्ने भएका छन् ।

“नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भाव्यता” का बारेमा अध्ययन  गर्ने नेशनल बैकिङ्ग इन्स्टिच्युट र सिद्वार्थ बैंक ले  सम्झौता गरेका हुन् । सम्झौतामा सिद्वार्थ बैंकका  प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेल र नेशनल बैकिङ्ग इन्स्टिच्युटका  प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर  गरेका हुन् ।

बैङ्क र   नेशनल बैकिङ्ग इन्स्टिच्युटको सम्झौता अनुसार नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गर्नेछ ।

नेपालमा र्बैक तथा वित्तिय संस्थामा क्षमता अभिवृद्विका क्षेत्रमा काम गरिरहेको नेशनल बैकिङ्ग इन्स्टिच्युटले  अध्ययन,अनुसन्धानका क्षेत्रमा पनि आफ्नो क्रियाशिलता बढाउदै लगेको छ ।

इन्स्टिच्युटले आगामी दिनमा बैकिङ्ग तथा वित्तिय क्षेत्रका विभिन्न विषयहरुमा अध्ययन, अनुसन्धान गरि मुलुकका बैंक तथा वित्तिय संस्थाहरुलाई आवश्यक सूचना जानकारी तथा तथ्यांङ्क उपलब्ध गराउने लक्ष्य राखेर काम गरिरहेको छ  ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार