नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम

Prabhu

काठमाडौं ।  नेपाल लाइफ क्यापिटलले १८ मार्च देखि २४ मार्च सम्म संचालित “æGlobal Money Weekको अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सो कार्यक्रम क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा गरेको हो । कार्यक्रममा  धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा मुलुकका ५ स्थानमा अन्तरक्रिया कार्यक्रम गरको थियो  । “उज्वल भविष्यका लागि लगानी“ भन्ने मुल नाराका साथ समाजमा वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम गरेको हो । कार्यक्रमा शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई जानकारी गराइएको हो  । सो कार्यक्रम ५०० जना सहभागीहरु बीचमा सम्पन्न भएको थियो।

नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो ।

कम्पनीले पुँजी बजारका संभावना र यसको बहु–आयामिक पक्ष अध्ययन गरि नेपाली लगानीकर्ताहरुलाई सुरक्षित तथा लाभदायक लगानीका अबसरहरु प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता संचालन सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार