जीवन बीमा कम्पनीका पूर्व सीईओहरुलाई जीवन बीमक संघले गर्यो सम्मान

Prabhu

काठमाडौं । जीवन बीमा कम्पनीमा काम गरेर अहिले बाहिरिएका पाँच जना पूर्व सीईओ सम्मानित भएका छन् । सम्मान कार्यक्रम नेपाल जीबन बीमक संघले गरेको हो ।

सम्मान कार्यक्रममा सम्मानित जीवन बीमा कम्पनीका  पुर्ब सिइओहरुमा क्रमश पूर्व रमेश कुमार भट्टराई, मनोज कुमार भट्टराई, कवि पाठक, निर्मल दाहाल र एलपी दास हुन् । सम्मानित ब्यक्तिहरु अहिले सो भुमिकामा रहेका छैनन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद शिलवालले  सम्मान पत्र प्रदान गरेका थिए । सो कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद शिलवालले पूर्व सीईओहरुको योगदानको कदर गर्दै उनीहरुको अनुभवबाट नेपालको बीमा क्षेत्रले धेरै कुरा सिक्ने बताएका थिए ।
संघका अध्यक्ष पोषकराज पौडेलले अग्रजहरुको सम्मान आवश्यक रहेकोकोले जीबन बिमक सघंले यो कार्यक्रम गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार