२७ सयले घट्यो सुनको मूल्य

Prabhu

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँ कायम भएकोमा मंगलबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँ तोकिएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार तेजावी सुन पनि प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ । मंगलबार तेजावी सुन प्रतितोला एक लाख ३४ हजार आठ सय ५० रुपैयाँ तोकिएको छ ।
छापावाला र तेजावी सुनका साथै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो । सोमबार चाँदी प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएकोमा मंगलबारको लागि प्रतितोला एक हजार छ सय ६० रुपैयाँ तोकिएको छ । आइतबार चाँदी प्रतितोला एक हजार सात सय ४० रुपैयाँ थियो भने छापावाला सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रुपैयाँमा कारोबाार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार