ग्लोबल आइएमईको ३५ लाख बोनस शेयर सूचीकृत

Prabhu

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ३५ लाख कित्ता भन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । सोमबार बैंकको ३५ लाख ७७ हजार एक सय पाँच दशमलव ९६ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । यस बैंकले गत वर्षको नाफाबाट एक प्रतिशत बोनस शेयर कित्ता सूचीकृत गरेको हो । उक्त शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

कम्पनीले गत मङ्सिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ प्रतिशत बोनस शेयर कित्ता सूचीकृत गराएको हो । सो सभाले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार