बझाङ उपनिर्वाचनमा  एमालेका भण्डारी ११ हजार मत सहित अगाडि

चैनपुर ,(बझाङ) ।  बझाङ –१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् । जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका–९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको हो । पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर […]

११ हजार ६ सय मत सहित एमाले उम्मेदवार नेम्बाङ अगाडि

फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २६ हजार सात सय ३० मत गणना भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन् । हालसम्मको मत गणनाअनुसार नेम्बाङले ११ हजार ६ सय १९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्का […]

चीनले नेपालीसँग भिसा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने भएको छ। आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ। नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिसा दिँदै आइरहेको छ। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई […]

किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण

मलेखु ,धादिङ । धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा सडक खनेको चार दशकपछि पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ । आइतबार सङ्घीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । यस पुलले उत्तरी […]

एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक

काठमाडौं । एनसेलले आकर्षक बोर्डर रोमिङ प्याक ल्याएको छ । कम्पनीले विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बंगलादेश जाने ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर यो प्याक ल्याएको हो । कम्पनीका अनुसार प्याक सुरु गर्नेबितिकै ग्राहकहरूले डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै पाँच सय एमबी बोनस डेटा प्राप्त गर्छन् । ग्राहकले यो प्याक करसहित मात्र एक सय रुपैयाँमा […]

लगानी कोषले सबै नागरिकलाई पेन्सन योजनामा समेट्ने

काठमाडौँ । नागरिक लगानी कोषले देशभरका सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेट्ने भएको छ । विराटनगरमा भएको नागरिक पेन्सन योजनासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सबैलाई पेन्सन योजनामा समेट्ने तयारी थालिएको जानकारी दिए । चालू आर्थिक वर्ष २०८०/८१ बजेटमा नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्थाअनुसार […]

 पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाडौँ । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले तीन वर्ष कैद सजाय तोकेको छ । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका न्यौपानेलाई विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले तीन वर्षको कैद र २५ करोड ६९ लाख ७५ हजार जरिवाना तोकेको हो । सम्पत्ति शुद्धीकरण विभागले न्यौपानेविरुद्ध १२ करोड ८४ लाख […]

बजेटअभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा। भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ । धाँजो फाँटेर जोखिमपूर्ण अवस्थामा रहेको बस्तीमा २०७२ वैशाखमा गएको भूकम्पले थप क्षति पुगेपछि रिठ्ठेपानी, धरमपानी, पाण्डेगाउँ, डाँडागाउँ र नयाँबस्तीका भूकम्पपीडितलाई पुनःस्थापना गर्न सुरु गरेको झण्डै आठ वर्ष बितिसक्दा पनि अझैसम्म बस्ती निर्माण हुन सकेको छैन […]

सुनको मूल्य घट्यो चाँदीको बढ्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सून प्रतितोलना ४ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घट्दा सोमबारका लागि सूनचाँदी व्यवसाय महासंघले छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन पनि प्रतितोला ४ सय […]

लगानी सम्मेलनको दोस्रो दिन आज विभिन्न सत्रमा छलफल गरिँदै

काठमाडौं । हिजोदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनमा आज विभिन्न सत्रमा लगानीकर्तासँग छलफल हुनेछ । सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् । पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल हुनेछ । सो छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, […]