करिब ८ खर्ब निक्षेप थपियो बैंक तथा वित्तीय प्रणालीमा

काठमाडौं ।  बैंक तथा वित्तीय प्रणालीमा पछिल्लो एक वर्षमा करिब ८ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको फागुन मसान्तमा बैैंक तथा वित्तीय संस्थाको निक्षेप ५४ खर्ब १४ […]

सिजीले ल्यायो बिएलडिसी सिलिङ फ्यान

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी ब्रान्डले बिएलडिसी सिलिङ फ्यान पहिलोपटक बजारमा ल्याएको छ ।बिएलडिसी फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा ४३ प्रतिशत विद्युत् बचत हुने र पफर्मेन्समा कमी नआउने गरी कम आवाजमा निकाल्ने प्रविधि यसमा रहेको कम्पनीले दाबी गरेको छ । नेपालमा पहिलो ओईएम ब्रान्डको फ्यानमा बिएलडिसि टेक्नेलोजी रहेको बताइएको छ । साथै, रोबस्ट र रिलायबल बिएलडिसि मोटर […]

नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गर्छौँः मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने विश्वास व्यक्त गरेका छन् । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा बोल्दै उनले विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने बताए । पर्यटनमन्त्री तामाङले राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६-२०२५) अन्तिम चरणमा रहेको उल्लेख गरे […]

रारामा अस्ट्रेलियन लगानीको लक्जरी रिसोर्ट खुल्दै :लगानी सम्मेलन

काठमाडौं ।  ‘स्वर्गकी रानी’को उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिएको छ। राराको मुर्माटपमा एक अर्ब १० करोड रुपैयाँ लगानीमा खोल्न लागिएको पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले साझेदारी गर्ने भएको हो। काठमाडौंमा आयोजना भइरहेको लगानी सम्मेलनको दोस्रो दिन सोमबार ‘रारा रिसोर्ट’को लगानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट […]

बझाङमा एमाले उम्मेदवार भण्डारी विजयी

काठमाडौं । बझाङ प्रदेश सभा (१) मा एमालेका दमन भण्डारी विजयी भएका छन्। भण्डारीले निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंहलाई दुई सय ६७ मतले पछि पार्दै विजयी भएका हुन्। भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दा सिंहले ११ हजार तीन सय ४६ मत पाएका छन्। माओवादीका जनक बुढा तीन हजार आठ सय ३१ मत […]

नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एशोशिएसनबीच सम्झौत

काठमाडौं । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा आज उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरे । नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा […]

सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको छ । बाँकेमा अवस्थित फातिमा फाउन्डेसन महिलाले नेतृत्व गरि चलाउँदै आएको एक सामाजिक संस्था हो । जसले मुस्लिम, मधेशी र अन्य पिछडिएका बर्गका महिला तथा बालबालिकाहरुको हकहितका लागी काम गर्दै आएको छ । बैंकले फातिमा फाउन्डेसनमा आवद्द […]

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाबिच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधिमण्डलबिच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौँमा भएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबिच व्यापार सहजीकरण एवम् पर्यटन क्षेत्रमा लगानीका विषयमा समझदारी भएको चेम्बर अफ कमर्सले जनाएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बरले, जलविद्युत, होटल लगायतका क्षेत्रमा १ […]

आइएमई लाइफको ७५.७९% ले बढ्यो नाफा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्ष २०७९।८० को सोही अवधिसम्मको तुलनामा ७५.७९ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन […]

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोेल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए । उनले लगानी सम्मेलनमा विकास […]