RE
Global College

बझाङमा एमाले उम्मेदवार भण्डारी विजयी

काठमाडौं । बझाङ प्रदेश सभा (१) मा एमालेका दमन भण्डारी विजयी भएका छन्। भण्डारीले निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंहलाई दुई सय ६७ मतले पछि पार्दै विजयी भएका हुन्।

भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दा सिंहले ११ हजार तीन सय ४६ मत पाएका छन्। माओवादीका जनक बुढा तीन हजार आठ सय ३१ मत ल्याउँदै तेस्राे स्थानमा छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत प्राप्त गरेका छन्।

विजयी भएका भण्डारी एमालेका जिल्ला अध्यक्ष हुन्। यता कांग्रेसले गत वर्ष दुर्घटनामा मृत्यु भएका पृथ्वीबहादुर सिंहका छाेरा अभिषेकलाई उम्मेदवार बनाएकाे थियाे।

NECO

Leave Your Comment

Related News