CLI
Global College

आइएमई लाइफको ७५.७९% ले बढ्यो नाफा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्ष २०७९।८० को सोही अवधिसम्मको तुलनामा ७५.७९ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १०.२४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.७९ प्रतिशत बढी हो।

चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको कम्पनीले समीक्षा अवधिमा शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ सञ्चित गरेको छ। यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ११.०५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको वार्षिक ईपीएस ८.९८ रुपैयाँ थियो। पीई रेसियो ४९.८० गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७७.२५ रुपैयाँ रहेको छ।

Leave Your Comment

Related News