युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२११ प्रतिशत नगद लाभांश रहेको छ । मंसिर ६ गते […]

छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

बैतडी । विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो । जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट रु ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको रु ८० लाख […]

लिबर्टी इनर्जीको मंसिर १६ गतेदेखि १:०.५ हकप्रद शेयर आउँदै

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपियाँको १:०.५० को अनुपातमा ७५ करोड रुपियाँ बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले १०० रुपियाँ अंकित मूल्यमा ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । शेयर निष्कासनका लागि […]

रसुवागढी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडियो

काठमाडौं । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्मित आयोजनाका ३७/३७ मेगावाटका तीन युनिटमध्ये एउटाबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन थालिएको छ । आयोजनाबाट बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरिएको थियो । परीक्षण सफल भएपछि अब क्रमशः बिजुली उत्पादन बढाउँदै लगिने नेपाल विद्युत् प्राधिकरणले […]

कार्यकारीलाई सबै अधिकार दिँदा विद्युत प्राधिकरणका समस्या समाधान गर्न सकिएनः मन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको सम्पूर्ण अधिकार कार्यकारीलाई दिएका कारण प्राधिकरणमा उत्पन्न समस्या समाधान गर्न सरकारलाई गाह्रो भइरहेको बताएका छन्। बुधवार राष्ट्रिय सभाअन्तर्गतको विद्यायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथिको दफावार छलफलमा मन्त्री खडकाले प्राधिकरणको नियमावली नहुँदा प्राधिकरणका समस्या सरकारले हेर्नुपरेकाे बताएका हुन्। […]

पहिलो चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले रु १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत […]

बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति

काठमाडौं । गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा रु १३ अर्ब बढीको क्षति भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट असोज १४ गते गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई बुझाएको प्रतिवेदनमा देशभर बाढीपहिरोबाट जलविद्युत, सिँचाइ, तटबन्धन र […]

विद्युत् विकासका लागि जर्मनीले १ अर्ब ४६ करोड अनुदान दिने

काठमाडौं । जर्मनीले नेपाललाई एक करोड युरो (करिब १  अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको छ ।अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको हो । उक्त अनुदान रकम नेपाल विद्युत् प्राधिकरणमार्फत् […]

बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति

काठमाडौं । गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा रु १३ अर्ब बढीको क्षति भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट असोज १४ गते गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई बुझाएको प्रतिवेदनमा देशभर बाढीपहिरोबाट जलविद्युत, सिँचाइ, तटबन्धन र […]

चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी

काठमाडौं । नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ । विभागले जलविद्युत्तर्फ सातवटा आयोजनाको अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको […]