नेको इन्स्योरेन्सको ६ लाख कित्ता शेयर लिलामीमा, शिलबन्दी बोलपत्र कहिलेसम्म ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले ६ लाख कित्ता शेयर लिलामीमार्फत विक्री गर्ने भएको छ । कम्पनीले  संस्थापक समूहतर्फको शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । प्रतिकित्ता न्यूनतम् २६० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा इच्छुक व्यक्ति, कम्पनी र संस्थाले चैत २९ सम्म कार्यालय समयभित्र तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी आवेदन पेश गर्न सक्नेछन् । […]

आज साल्ट ट्रेडिङ र सिटिजन्स लाइफ इन्स्योरेन्सको साधारणसभा, के छन् एजेण्डा?

काठमाडौं । आज दुईवटा कम्पनीको साधारणसभा सम्पन्न हुँदैछ । त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजेदेखि साल्ट ट्रेडिङको ५८औँ साधारणसभा हुँदैछ । सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको १० (दश प्रतिशतका दरले नगद लाभांश बापत तीन करोड २० लाख ७१ हजार छ सय ९५.५० रूपैयाँ (कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृत गर्नेछ […]

निजी क्षेत्रलाई स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुला, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं ।  नेपालमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्नका लागि सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । सरकारले निजी क्षेत्रलाई लाइसेन्स दिने तयारी गरेपछि गएको पुसमा अधिवक्ता कृष्ण बहादुर थापाले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाएर यो रिट दायर गरेका थिए । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान […]

नेप्से ४१.४३ अंकले बढ्यो, सवा ५ अर्ब बढी कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.६० अंकले बढेर ४४६.२९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.४३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.९६ अंकले […]

सेन्ट्रल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २ हजार ५०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । निर्मला राज भण्डारीको नाममा रहेको उक्त शेयर खरीदका लागि इच्छुक खरीकर्ताहरुले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय कुपण्डोल, […]

सेन्ट्रल फाईनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं ।सेन्ट्रल फाईनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ३५० औं बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश वितरण नगर्ने व्यहोरा नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ । साथै कम्पनीले आगामी साधारण सभा प्रयोजनार्थ […]

युनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख बढी कित्ता शेयर सर्वसाधारणमा जारी

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न शेयरधनीहरुका नाममा रहेको उक्त संस्थापक शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्रीमा ल्याइएको हो । महेन्द्र गोयल, सन्दीप खेतान र ज्योतिकुमार सराबगीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको हो । कम्पनीले गत माघ ३० गते पहिलो […]

मेरोमाइक्रोफाइनान्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । मेरोमाइक्रोफाइनान्सले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । संस्थाको गत माघ ४ गते सम्पन्न  १२ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लागि कम्पनीका शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस शेयर नेपाल एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार शुरु भएको हो । […]

नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आज कार्यालय समयभित्रसम्म आवेदन दिन सकिनेछ । कम्पनीले दुई अर्व एक करोड तेईस लाख साठ्ठी हजार छ सय उन्नाइसको २५ प्रतिशत प्रतिकित्ता १०० का दरले  २०८१ फागुन ८ देखी २८ सम्म  हकप्रद शेयर जारी  जारी गरेको थियो । अन्तिम दिन सम्ममा पर्याप्त आवेदन नपरेपछि कम्पनीले चैत १४ गते सम्मलाई […]

नेप्से ४०.४७ अंकले बढ्यो, चार अर्ब माथिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुचक ४०.४७ अंकले बढेर २६२३.२१ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ५८.०५ अंकले घटेको थियो । आज ३१७ कम्पनीको शेयर ४८ हजार ७८५ पटक किनबेच भएको छ । ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब २० करोड […]