RE
Global College

मेरोमाइक्रोफाइनान्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । मेरोमाइक्रोफाइनान्सले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । संस्थाको गत माघ ४ गते सम्पन्न  १२ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लागि कम्पनीका शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस शेयर नेपाल एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार शुरु भएको हो ।

मिति २०८१/०९/१९ गतेसम्म यस लघुवित्त वित्तीय संस्थाको शेयरहरु अभौतिकीकरण गराएका शेयरधनीहरु अर्थात उक्त मितिमा कायम शेयरधनीहरुको बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको व्यहोरा जानकारी गराउँदै सो मिति पश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको हो ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगर्नु भएका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई आफ्नो बोनस शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने संस्थाले जनाएको छ ।

हालसम्म हितग्राही खाता नखोल्ने शेयरधनीले यथाशीघ्र कुनै पनि निक्षेप सदस्य मार्फत हितग्राही खाता खोली आफ्नो नाममा रहेका भौतिक शेयरलाई अभौतिकीकरण गर्न पनि संस्थाले आग्रह गरेको छ ।

NECO

Leave Your Comment

Related News