शेयर बजारका सबै सुचक बढ्यो, कारोबार रकम पनि पौन २ अर्बले बढ्यो

काठमाडौं । पछिल्ला दिनमा शेयर बजार लगातार बढेको छ । तीन दिनसम्म बढेको शेयर बजार बुधबारसम्म आइपुग्दा शेयर बजारका शतप्रतिशत सूचकहरु बढेका छन् । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.३३ अंकले बढेर ४८०.९० विन्दुमा पुगेर बन्द भएको छ […]

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन्। मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएका उनले आजदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। पदभार ग्रहण गरेपछि उनले पहिलो कामका रूपमा एभरेस्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरे। अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सेबोनलाई आफ्नै भवनमा […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख संस्थापक शेयर विक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ३ लाख ३ हजार ९७८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट […]

एनआरएन इन्फ्रास्टक्चरले प्रस्ताव गर्यो लाभांश ,शतप्रतिशत हकप्रद पनि निष्कासन गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश प्रस्ताव गरेको छ । मंसिर ११ गते बसेको कम्पनीले सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । […]

र्फस्ट माइक्रोफाइनान्सले पुस ११ मा बोलायो साधारण सभा ,९.४७ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । र्फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ११ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक […]

प्रभु केवलकारले ७० लाख कित्ता हकप्रद शेयर विक्री गर्ने

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले मङ्सिर २९ गतेदेखि ७० लाख कित्ता हकप्रद शेयर विक्री गर्ने भएको छ । यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । कम्पनीले संस्थापक शेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यी हकप्रद शेयर विक्री गर्न लागेको हो । मंसिर ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद […]

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयर आजबाट बिक्री सुरु

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको आज हकप्रद शेयर निष्काशन तथा बिक्री सुरु भएको छ । कम्पनीले कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ […]

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले सपथ लिए

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार साँझ अर्थमन्त्रालय अर्थमन्त्री विष्णुप्रसाद पौडलले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

२७०९ पुग्यो नेप्से, १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । सोमबार बढेको शेयर बजारले निरन्तरता पाउदाँ मंगलबार पनि शेयर बजारका शतप्रतिशत सुचकहरु बढेका हुन् । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.५० अंकले बढेर ४७७.५७ विन्दुमा पुगेर बन्द भएको छ […]

विशाल बजार लिमिटेडको ३ करोड ९६ लाख संस्थापक शेयर सूचीकृत

काठमाडौं ।विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर नेपाल स्टक एक्सचेन्ज ,नेप्सेमा सूचीकृत भएको छ । विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर बापत्को ३ करोड ९६ लाख कित्ता शेयर सूचीकृत नेपाल स्टक एक्सचेन्ज ,नेप्सेमा सूचीकृत भएको हो। विशाल बजार कम्पनी उच्च शेयर मूल्य भएको कम्पनी अन्तर्गत पर्छ ।