राष्ट्र बैंकको अनुमति, सेबोनको अवरोधः बैंकहरूको पूँजी वृद्धि रोकियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई पूँजी वृद्धिका लागि अविमोच्य प्रकृतिको अग्राधिकार (प्रिफरेन्सियल) शेयर जारी गर्ने अनुमति दिए पनि हालसम्म यसको कार्यान्वयन हुन सकेको छैन। बैंकहरूले नयाँ पूँजी वृद्धिको साधनको रूपमा प्रिफरेन्सियल शेयर जारी गर्न चाहे पनि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आवश्यक कानुनी संरचना नहुँदा स्वीकृति प्रदान गर्न सकेको छैन। केन्द्रीय बैंकले हालसम्म तीन बैंकलाई […]