‘हुण्डी कारोबार नियन्त्रण गर्नसके अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । बाह्य विप्रेषक (रेमिट्यान्स) कम्पनी सञ्चालकले वैदेशिक रोजगार वा व्यवसायमा रहेका व्यक्तिको आम्दानी वैधानिक माध्यमबाट पठाइ मुलुकको राजस्व वृद्धि गर्न हुण्डी कारोबारलाई निस्तेज तुल्याउन पर्ने आवश्यकता औँल्याएका छन । टोकियोस्थित जापान मनी एक्प्रेसका अध्यक्ष ओम गुरुङले वैदेशिक रोजगारलगायतका व्यवसायमा रहेका नेपालीले पठाउने विप्रेषण वैधानिक प्रणालीमार्फत  भित्र्याउने र हुण्डी कारोबारलाई रोक्नसके विदेशी मुद्रा सञ्चिति बढ्ने […]

सबै जनताले स्वामित्व लिने बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि कर्ण, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरु, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरुलाई शनिबार बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिएका छन् । मन्त्री पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन […]

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल रहने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए । अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेका थिए । […]

आर्थिक नीतिका लागि राजस्व विभागद्धारा सुझाव माग

काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०८१–0८२ को कर नीतिका लागि सुझाव माग गरेको छ । आर्थिक वर्ष २०८१–८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि राजस्व विभागले सरोकारवाला विज्ञ तथा सर्वसाधारणसँग राजस्व नीतिको सुझाव माग गरेको हो । आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क शिक्षा सेवा […]

आगामी आर्थिक बर्षको बजेट लेखनका लागि समिति गठन

काठमाडौं । जेठ १५ मा संसदको संयुक्त सदनमा सरकारको तर्फबाट अर्थमन्त्रीबाट पेश हुने बजेट वक्तव्य का लागि बजेट मस्यौदा लेखन समिति गठन भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि अर्थमन्त्री बर्षमान पुनले बजेट लेखन समित गठन गरेका हुन् । अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको संयोजकत्वमा गठन भएको समितिका सदस्यहरुमा सहसचिव रितेश कुमार शाक्य, […]

निफ्राले खुलायो रिक्त सिईओ पदका लागि आबेदन

काठमाडौं । नेपाल इण्फ्राइस्टक्चर बैङ्क (निफ्रा)ले  प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त माग गरेको छ  । आज एक सुचना प्रकाशित गर्दै बैङ्कले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त माग गरेको हो । प्रकाशित सुचना अनुसार इच्छुक उमेद्वारले चैत २९ गते साँझ ५ बजे भित्र दरखास्त दिन भनेको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले माघको पहिलो […]

अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षा, उपलब्धि औसत

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ । चालु आवको फागुन मसान्तसम्मको प्रगतिबारे मङ्गलबार समीक्षा भएको थियो । समीक्षा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक वित्त व्यवस्थापनमा चाप परेको बताए थिए । उनले पूँजीगत खर्च बढ्न नसक्नु र राजस्व सङ्कलनमा देखिएका समस्या […]

आन्तरिक राजश्व बिभाग र भन्सार बिभागका महानिर्देशक परिबर्तन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक सहित   मन्त्रालयका सहसचिबको सरुवा गरेका छन् । आन्तरिक राजस्व बिभागको महानिर्देशक शिवलाल तिवारी बनेका   छन् भने भन्सार बिभागको महानिर्देशक ढुण्डीराज निरौलालाई बनेका छन् । तिवारी राजस्व पृष्ठभूमिका सहसचिब हुन् उनले ठूला करदाता कार्यालयको प्रमुखको रुपमा समेत  काम गरिसकेका छन् । भन्सार बिभागको महानिर्देशक […]

धितोपत्रबोर्डको अध्यक्षको छनौट छिटो टुङ्ग्याउन अर्थमन्त्री पुनको निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धितोपत्रबोर्डको अध्यक्ष चयन प्रक्रिया छिटो सक्न निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/0८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । नियामक निकायको  नेतृत्व लामो समय खालि रहनु  राम्रो नहुने र यसले कार्यप्रगतिमा सकारात्मक उर्जा प्रदान नहुने भन्दै उनले  यो प्रक्रिया छिट्टै सकाउन उनले […]

संसदमा दर्ता भएको  बाफियामा के छ ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एण्ड फाइनान्सियल इन्सिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैँ शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायत महत्वपूर्ण व्यवस्था राखेर उक्त विधेयक […]