आर्थिक नीतिका लागि राजस्व विभागद्धारा सुझाव माग

Prabhu

काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०८१–0८२ को कर नीतिका लागि सुझाव माग गरेको छ ।

आर्थिक वर्ष २०८१–८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि राजस्व विभागले सरोकारवाला विज्ञ तथा सर्वसाधारणसँग राजस्व नीतिको सुझाव माग गरेको हो ।

आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर (डीएसटी), ई कमर्समा लगाइने कर लगायत आर्थिक ऐन बमोजिम लगाइने अन्य आन्तरिक कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरण सम्बन्धी सुझावहरु तोकिएको मिति र ठेगानामा पठाउन विभागले अनुरोध गरेको छ ।

बिभागले इच्छुक व्यक्ति संस्था वा निकायले २०८० चैत्र ५ गतेसम्ममा विभागको कार्यालयमा सुझाव पठाउन भनेको छ  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार