नेपाल हाइड्रो डेभलपर्सले माथिल्लो खुदी जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले माथिल्लो खुदी जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको असोज २३ गतेको सञ्चालक समिति बैठकले माथिल्लो खुदी जलविद्युत आयोजनामा १० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरले १० लाख कित्ता सेयर खरिद गर्ने भएको हो । माथिल्लो खुदी जलविद्युत आयोजना सुपर खुदी हाइड्रो पावरद्वारा प्रर्वद्धित छ । यस आयोजनाको विद्युत उत्पादन क्षमता २६ मेगावाट रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार