RE
Global College

दशैं लगत्तै बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। दशै बिदा लगत्तै सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको हो ।  यसअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेकोमा आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ। यो बीचमा दसैँ विदाका कारण कारोबार बन्द थियो।

यहीँ असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो।  त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ। दसैँअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ कायम भएको छ।

 

NECO

Leave Your Comment

Related News