CLI

भोलि बिहान १० बजेबाट बिपि राजमार्ग सञ्चालनमा आउने

काठमाडौं । भोलि बिहान १० बजेबाट बिपि राजमार्ग सञ्चालनमा आउने भएको छ । बिगत १५ दिन अघि आएको भिषण पानीले आएको बाढि र पहिरोको कारण बिपि राजमार्गको रोशी खोला स्थित २.५ किलोमिटर सडक अबरुद्द रहेको थियो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवको नेतृत्वमा काम बाटो खुलाउने काम गरिरहेको टोलिले आज राति र भोलि बिहान सम्म बाँकी रहेको तिन ठाँउको अबरोध हटाएर बिहान १० बजे बाट यातायात सञ्चालन  हुने  प्रधानमन्त्री के पी शर्मा ओलीले आफ्नो सामाजि सञ्जाल मार्फत जानकारी दिएका छन्। “बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका – ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद !”

उनले पुर्वाधार सचिवले बाटो खुलाएर मात्र दसै मनाउने पनि बताएका छन्

Leave Your Comment

Related News