हाइड्रोपावरमा लगानी आक्रमक बन्दा २२.४८ प्रतिशतले बढ्यो कर्जा प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकले जलद्यिुत, ग्यास र पानीजन्य उद्योगहरुमा कर्जा प्रवाह बढेको बताएको छ । लगानीकर्ताहरु जलविद्युत, ग्यास र पानीजन्य उद्योगमा लगानी बढाउदै जाँदा कर्जा प्रवाह समेत बढ्न पुगेको हो ।

चालु आर्थिक वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुले उक्त क्षेत्रमा ३ खर्ब ९४ अर्ब ९३ करोेड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७२ अर्ब ४९ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले जलद्यिुत, ग्यास र पानीजन्य उद्योगहरुमा ३ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकले जलद्यिुत, ग्यास र पानीजन्य उद्योगहरुमा कर्जा प्रवाह आक्रमक रुपले बढाँउदा वित्त कम्पनीहरुले भने घटाएका छन् । चालु आर्थिक वर्षको असोजसम्म वाणिज्य बैंकले जलद्यिुत, ग्यास र पानीजन्य उद्योगमा ३ खर्ब ८४ अर्ब ७८ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा ७१ अर्ब २८ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले सो क्षेत्रमा ३ खर्ब १३ अर्ब ५० करोड रुपैयाँ कर्जा वितरण गरेका थिए ।

चालु आर्थिक वर्षको असोजसम्म विकास बैंकले जलद्यिुत, ग्यास र पानीजन्य उद्योगहरुमा ९ अर्ब ३८ करोड ८० लाख रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब ५० करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले सो क्षेत्रमा ७ अर्ब ८८ करोड रुपैयाँ कर्जा वितरण गरेका थिए ।
चालु आर्थिक वर्षको असोजसम्म वित्त कम्पनीहरुले जलद्यिुत, ग्यास र पानीजन्य उद्योगहरुमा ७५ करोड ७० लाख रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३० करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले सो क्षेत्रमा १ अर्ब ५ करोड ७० लाख रुपैयाँ कर्जा वितरण गरेका थिए ।

मुलुकमा पर्याप्त मात्रामा जलद्यिुत, ग्यास र पानीजन्य उद्योगको सम्भावना रहेको हुदाँ उद्योगी तथा व्यवसायीहरुले यस क्षेत्रमा लगानी गर्ने अग्रसरता लिदाँ कर्जा प्रवाहमा वृद्धिदर देखिएको हो । पछिल्लो दशकमा जलविद्युत गृह निर्माण गर्ने प्रतिस्पर्धा निजी क्षेत्रमा चलिरहँदा यसको लाभ भने बैंक तथा वित्तीय क्षेत्रमा समेत पुगेको विज्ञहरु बताउछन् । ठूलो मात्रामा पेट्रोलियम पदार्थ आयात घटाउने र विद्युतीय सवारी साधनको माग बढ्दै जाँदा जलविद्यु्तमा लगानी समेत बढ्दै गएको विज्ञहरुको भनाई छ । ग्यास र पानी दैनिक आवश्यक सामग्री भएको हुदाँ निरन्तर रुपमा लगानी भएको विज्ञहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार