RE
Global College

डिजेल, मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत्

काठमाडौं ।नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य यथावत् राखेको छ।

निगमका अनुसार नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रति लिटर ४५ पैसा बढेको छ, जबकि डिजेलमा २.१५ रुपैयाँ र हवाई इन्धनमा ६.५९ रुपैयाँले घटेको छ। सोही आधारमा निगमले चैत १९ गतेदेखि लागु हुने गरी डिजेल तथा मट्टितेलमा प्रति लिटर २ रुपैयाँले मूल्य घटाएको छ।

हवाई इन्धनको हकमा आन्तरिक उडानका लागि प्रति लिटर ७ रुपैयाँ घटाइएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ, काठमाडौंका लागि प्रति किलोलीटर ५१ अमेरिकी डलरको दर कायम गरिएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक(इभन मूल्य निर्धारण गरिएको निगमले जनाएको छ।

इन्धन मूल्यमा गरिएको यो समायोजन इन्डियन आयल कर्पोरेशनले चैत १८ गते पठाएको नयाँ मूल्य सूचीको आधारमा गरिएको हो।

NECO

Leave Your Comment

Related News