RE
Global College

रविबारे अदालत : न्यायप्रति विश्वास जोगाइ राख्न धरौटीमा छाड्न अनुपयु्क्त

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दामा थुनामा पठाउन आदेश गरेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार जिल्ला अदालत रुपन्देहीको पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने आदेश उल्टाउँदै थुनामा पठाउने आदेश दिएको हो ।

उक्त आदेश दिन अदालतले ६ वटा तर्क दिएको छ ।

अदातलले प्राप्त प्रमाणहरुमा रविसमेतको मिलेमतोमा गोरखा मि डियामा सहकारीमा आएको देखिएको, रविले गोरखा मिडियामा आएको रकममा आफ्नो जिम्मेवारी नभएको जिकिर गरे पनि उनले गोरखा मिडिया प्रालिबाट सो सहकारी संस्थामा गोरखा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खाता सन् २०२२ जनवरी ६ मा चेकबाट ४० लाख ९२ हजार भुक्तानी गरेकोलगायतका कारण देखाउँदै सहकारी संस्थामा रकम जम्मा गर्ने हजारौँ सर्वसाधारण पीडित हुन परिरहेको संवेदनशील परिस्थितिमा न्याय प्रणालीप्रतिको जनविश्वास जोगाइ राख्न रविलाई धरौटीमा छाड्न उपयुक्त नहुने तर्क गरेको छ ।

NECO

Leave Your Comment

Related News