के करकाे दर बढाउँदैमा बढ्ला त राजस्व ?

इक्विटी नेपाल – काठमाडौँ : राजस्व विभागबाट हालै जारी भएकाे पूँजीगत लाभ सम्बन्धि नयाँ निर्देशिकाले समग्र पूँजी बजारमा नयाँ तरंग ल्याएकाे छ । उक्त निर्देशिका अनुसार लगानीकर्ताले अब उसकाे लगानीमा घाटा भए पनि पूँजीगत लाभकर भने तिर्नुपर्ने भएकाे छ। दिएकाे निर्देशन अनुसार यही जेष्ठ २० गतेबाट लगानीकर्ताहरूले हकप्रद तथा बाेनस शेयर वापत प्राप्त शेयरकाे बिक्री […]

पूँजीगत लाभकर अन्तिम हाे कि हैन ?

इक्विटी नेपाल – काठमाडौँ : अागामी अार्थिक वर्षका लागि सकारात्मक बजेट अाउने नअाउने अाशामा धुकचुक हुँदै बसेका लगानीकर्ताहरूलार्इ गएकाे जेष्ठ १५ गते प्रस्तुत गरिएकाे बजेटले पूँजीगत लाभकरमा अतिरिक्त ५० प्रतिशतकाे भार थपिदिए सँगै शेयर बजार लगातार अाेरालाे दिशामा छ । साथै यही जेष्ठ २० गतेबाट लागू हुने भन्दै बाेनस तथा हकप्रद वापतकाे शेयरमा पूँजीगत लाभकर […]

पूँजीबजार प्रति सरकार, अर्थमन्त्रालय र कर प्रशासन के साँच्चै “सिरियस” छन् ?

इक्विटी नेपाल – काठमाडौँ : नेपाली पूँजीबजार बजेट अाउनु यता तथा बजेट पूर्वदेखि नै अस्थिर छ । याे बजार यस्तरी अस्थिर र छटपटिमा भएकाे सायद याे दाेश्राे पटक हाे । पहिलाे पटक डा. बाबुराम भट्टरार्इ अर्थमन्त्री भएका बेला, वि.सं. २०६५ साल ताका । र त्यसपछि अहिले । दुवै पटक वहानाका विषय अन्य जेसुकै भए पनि […]

पूँजीगत लाभ गणना गर्दाको आधार मूल्यमा परिवर्तनसंगै लगानीकर्तालाई थप करको मार

इक्विटी नेपाल – काठमाडौँ : आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेको छ । मिति २०७५ जेष्ठ २० गते देखि लागु हुने गरी बोनस शेयर र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अङ्कित चुक्ता मूल्यलाई लागत […]

बजेटलार्इ सकारात्मक बताउँदै लगानीकर्ता संघले लगानीकर्तालार्इ विवेकशील बन्न गर्याे अाग्रह

इक्विटी नेपाल – काठमाडौँ : लगानीकर्ता संघ नेपालले हिजाे जेष्ठ १५ गते अार्थिक वर्ष २०७५/७६ काे लागि प्रस्तुत भएकाे बजेटले नेपाली पूँजीबजारकाे विकासलाई विशेष स्थान दिएको र लगानीकर्ताहरूले अनावश्यक हल्लाहरूको पछि नलागी स्वविवेक प्रयोग गरी लगानी गर्न लगानीकर्ताहरुलाई आह्वान गरेको छ ।  संघले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली पूँजी बजारसुधारका लागि प्रस्तुत बजेटले धेरै […]

पूँजी बजारका लागि बजेट सकारात्मक, लगानीकर्ताकाे अपेक्षा अनुरूप

इक्विटी नेपाल – काठमाडौँ : बजेट अाउनु अघि जुन तरिकाले बजेटमा करका दरहरू वृद्धि हुने चर्चाहरू अाएका थिए साे अनुरूप शेयर बजारलार्इ प्रभावित बनाउने किसिमले करका दरहरूलार्इ चलाइएकाे देखिएन । केवल व्यक्तिगत लगानीकर्ताले काराेबारकाे मुनाफामा लाग्ने पूँजीगत लाभकरलार्इ ५ प्रतिशतबाट ७ दशमलव ५ प्रतिशत बनाइएकाे छ भने बाँकी कुरा यथावत नै रहेकाे छ । यता […]

बुटवल पावरको तेस्रो त्रैमासको प्रतिवेदनको वास्तविकता

इक्विटी नेपाल – काठमाडौँ : बुटवल पावरले आफ्नो तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट प्रति धेरै लगानीकर्ताले विरोध गरेका छन् र धेरैले गलत रिपोर्ट सार्वजनिक भयो भन्ने खालको अभीव्यक्त्ती पनि आइरहेका छन् । यो विषयमा इक्विटी नेपाल टिमले गरेको विश्लेषण : बुटवल पावर कम्पनी लिमिटेडले ४०१ रुपैयाँ प्रिमियम थपी ५०१ रुपैयाँमा एफपीओ निष्कासन […]

व्यक्तिलाई बढ्यो पूँजीगत लाभ कर : सँस्थालाई यथावत

इक्विटी नेपाल – काठमाडौँ : सरकारले बजेट जारी गरेसँगै पूँजीगत लाभकर वृद्धि भएको छ । उक्त कुरा अर्थ मन्त्रीको बजेट भाषणमा नआएपनि सरकारले जारी गरेको आर्थिक वर्ष २०७५/७६को आर्थिक विधेयकमा यो कुरालाई समेटेको छ । परिवर्तित पूँजीगत लाभकर व्यक्तिगत लगानीकर्ताको लागि ७ दशमलव ५ प्रतिशत बनाएको छ। संस्थागत तथा अन्य लगानीकर्ताको लागि क्रमश: १०  प्रतिशत र २५ प्रतिशत […]

बजेटमा शेयर बजार : उत्पादनमुलक कम्पनी पब्लिक हुनु पर्ने

इक्विटी नेपाल – काठमाडौँ : १ अर्बभन्दा बढी पूँजी रहेको उत्पादनमुलक कम्पनीले पब्लिक कम्पनीमा परिणत भइ सेयरमा सूचीकृत हुनुपर्ने कुरा अर्थमन्त्री डा खतिवडाले आफ्नो बजेट भासण प्रस्तुत गरेका छन् 

नेपाली शेयर बजारमा ब्याजदरको प्रभाव [एक अध्ययन]

इक्विटी नेपाल – काठमाडौँ : यहाँ मात्र होइन संसार भरिकै दोस्रो बजारलाई बैङ्कको ब्याज दरले असर पुर्‍याएको पाईन्छ । शेयर बजार र ब्याज दरको यति ठुलो सम्बन्ध छ की अमेरिकी पुँजी बजारमा एउटा उखान नै छ  “Don’t Fight with Fed”,  अर्थात् एउटा लगानीकर्ताले कहिले पनि ब्याज दरसँग लडाई गर्नु हुँदैन । शेयर बजार र ब्याज […]