पूँजी बजारका लागि बजेट सकारात्मक, लगानीकर्ताकाे अपेक्षा अनुरूप

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
बजेट अाउनु अघि जुन तरिकाले बजेटमा करका दरहरू वृद्धि हुने चर्चाहरू अाएका थिए साे अनुरूप शेयर बजारलार्इ प्रभावित बनाउने किसिमले करका दरहरूलार्इ चलाइएकाे देखिएन । केवल व्यक्तिगत लगानीकर्ताले काराेबारकाे मुनाफामा लाग्ने पूँजीगत लाभकरलार्इ ५ प्रतिशतबाट ७ दशमलव ५ प्रतिशत बनाइएकाे छ भने बाँकी कुरा यथावत नै रहेकाे छ ।
यता अायकर तर्फ भने चर्चा भएअनुसार नै १०, २० र ३० प्रतिशतका दरले अायकरकाे स्ल्याब राखिएकाे छ । यसले न्यून अाय गर्नेहरूलार्इ राहत दिएकाे छ भने मध्यम तथा माथिल्लाे तहमा अाय गर्नेहरूलार्इ पनि केही हदसम्म न्यायाेचित हुने किसिमले करकाे दर लागू भएकाे छ ।
यस्तै याे बजेटले रू. ५० कराेड माथिकाे कम्पनीलार्इ सूचीकृत हुन चाहेमा ३ वर्षसम्म १० प्रतिशत अायकरमा छुट दिएकाे छ । यस्तै १ अर्ब वा साे माथि चुक्ता पूँजी भर्इ उत्पादनमूलक क्षेत्रकाे कम्पनीलार्इ अनिवार्य रूपमा सार्वजनिक कम्पनी भर्इ सूचीकृत हुनु पर्ने व्यवस्था समेत गरेकाे छ ।
यसका साथै यस अघि काराेबार गर्दा तिरिने कमिसनमा लाग्ने भनिएकाे भ्याट पूर्ण रूपमा खारेज गरीएकाे छ । यसले अब पूँजी बजार पनि वित्तिय क्षेत्रकै एक अंगकाे रूपमा रहेकाे प्रमाणित गरेकाे छ ।
समग्रमा याे बजेट लगानीकर्ताहरूले अपेक्षा गरेअनुरूप नै अाएकाे देखिन्छ ।

के भन्छन् त लगानीकर्ताहरू

प्रकाशित मिति : २०७५ जेष्ठ १६ गते दिनको ३:५८ बजे 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार