नेपाली शेयर बजारमा ब्याजदरको प्रभाव [एक अध्ययन]

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
यहाँ मात्र होइन संसार भरिकै दोस्रो बजारलाई बैङ्कको ब्याज दरले असर पुर्‍याएको पाईन्छ । शेयर बजार र ब्याज दरको यति ठुलो सम्बन्ध छ की अमेरिकी पुँजी बजारमा एउटा उखान नै छ  “Don’t Fight with Fed”, 
अर्थात् एउटा लगानीकर्ताले कहिले पनि ब्याज दरसँग लडाई गर्नु हुँदैन ।
शेयर बजार र ब्याज दरको जहिलेपनि नक्कारात्मक सम्बन्ध हुन्छ । उच्च ब्याज दरलाई कहिले पनि शेयर बजारले मन पराउँदैन , यो धुर्व सत्य कुरा हो ।
हाम्रो पूँजी बजारमा पनि ब्याज दरले राम्रै असर पुर्‍याएको देखिन्छ । ब्याज दर घट्दो ट्रेन्डमा हुँदा शेयर बजारले सकारात्मक दिशा समातेको पाइन्छ भने ब्याज दरले बढ्ने ट्रेन्ड समात्दा त्यसको नकारात्मक असर शेयर बजारमा परेको देखिन्छ ।

हामीले ४ वर्षको ट्रेन्ड हेर्ने हो भने ब्याज दर घट्दो प्रवृत्तिमा हुँदा बजारले राम्रो दिशा समातेको पाइन्छ । जब जब बजारमा लगानीयोग्य तरलताको अभाव सँगै ब्याज दर वृद्धि हुन् थाल्यो तब बजार घटेको पाइन्छ ।

अहिलेको वर्तमान अवस्थालाई हेर्दा बैङ्कमा कर्जा दिनका निमित्त पैसा थोरै भएको अनुभूति हुन्छ।  यो कुरालाई बैङ्कले प्रकाशन गरेको तेस्रो त्रैमास रिपोर्टमाबाट प्रष्ट हुन्छ । धेरै जसो बैङ्कको सिसिडी रेसियो ८० प्रतिशतको नजिकै छ , कोषको लागत र आधार ब्याज दर निरन्तर वृद्धि हुँदै छ ।
बैंकहरुले एउटा भद्र सहमति गरेरे निक्षेपमा ११ प्रतिशत भन्दा धेरै ब्याज लिन नपाउने नियम सँगै निक्षेपको ब्याज नबढेको केही समय भएको पाइन्छ तर तरलता अझै सहज हुन सकेको छैन ।
अबका दिनमा ब्याज दर सरकारले गर्ने खर्च र हाम्रो प्रणालीमा आउने पैसाले निर्भर गर्दछ।  सरकारले विकास निर्माणको नाममा राम्रो पैसा खर्च गर्‍यो र  विदेशी लगानी देशमा भित्रने वातावरण बन्यो भने हाम्रो बैंकिंग प्रणालीमा बिस्तारै तरलता वृद्धि हुँदै ब्याज दरलाई घट्न सहयोग मिल्ने छ जसले पूँजी बजारलाई एउटा सकारात्मक दिशा तर्फ उन्मुख गराउँदछ ।
हामीले ४ वर्षको ट्रेन्ड हेर्ने हो भने ब्याज दर घट्दो प्रवृत्तिमा हुँदा बजारले राम्रो दिशा समातेको पाइन्छ । जब जब बजारमा लगानीयोग्य तरलताको अभाव सँगै ब्याज दर वृद्धि हुन् थाल्यो तब बजार घटेको पाइन्छ ।

कसरी उच्च ब्याज दरले शेयर बजारलाई नकारात्मक दिशा तर्फ लैजान्छ ?

बैङ्कमा निक्षेप कर्ताले ब्याज धेरै पाउने अवस्था सिर्जना हुँदा लगानीकर्ताहरू बैङ्कमा पैसा राख्न रुचाउछन किनकि बैङ्कको निक्षेपमा राम्रो प्रतिफल पाउँदा पाउँदै उनीहरू दोस्रो बजारमा लगानी गर्न त्यति रुचाउदैनन् किनकि दोस्रो बजार भनेको अलिकता जोखिम रहेको क्षेत्र हो ।
त्यस्तै ब्याज वृद्धि हुनु भनेको निक्षेपको मात्र होइन कर्जाको ब्याजपनि वृद्धि हुनु हो । ठुला तथा संस्थागत लगानीकर्ताहरुको पोर्टफोलियोमा कर्जाको हिस्सा नि राम्रै हुन्छ । कर्जाको ब्याजमा वृद्धि आउँदा उनीहरूको अब लागत वृद्धि भएर उनीहरू सकेसम्म आफू सँग भएको कर्जालाई चुक्ता गर्न तर्फ लाग्छन त्यस्तै उच्च ब्याज दर भएको बेला ठुला तथा संस्थागत लगानीकर्ताहरुपनि कर्जा लगेर दोस्रो बजारमा प्रवेश गर्न केही बेर रोकिन्छन ।
यसो भन्दैमा बढ्दै गरेको ब्याज दरमा लगानी गर्दै नगर्ने भन्ने होइन । कारोबारीको लागि त सधैँ अवसर हुन्छ तर दीर्घकालीन लगानी गर्ने सोच भएका लगानीकर्ताले चाहिँ राम्रो प्रति शेयर आम्दानी भएका थोरै मूल्य आम्दानी भएका , प्रति शेयर किताबी मूल्य बलियो भएका कम्पनी हेर्दै जानु पर्छ ।
र यो पनि :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार