पूँजीगत लाभ गणना गर्दाको आधार मूल्यमा परिवर्तनसंगै लगानीकर्तालाई थप करको मार


इक्विटी नेपाल – काठमाडौँ :
आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेको छ ।
मिति २०७५ जेष्ठ २० गते देखि लागु हुने गरी बोनस शेयर र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अङ्कित चुक्ता मूल्यलाई लागत मानेर सोही आधारमा लाभको गणना गर्नु पर्ने कुरा उक्त पत्रमा लेखिएको छ ।
यो खबरसंगै हामीले पूँजीबजारमा नीतिगत सुधारका निम्ति निरन्तर आवाज उठाउंदै आइरहेका अधिवक्ता ज्योति दाहाललाई यस बारेमा जिज्ञास राख्दा उनले भने “कर गणनामा रहेको दुविधा हटाउन कारोबार कर प्रणालीमा जानु उपयुक्त विकल्प हो। “
यसअघिसम्म नेप्सेले पुरानो नियम अनुसार हकप्रद र बोनसको समायोजन ताका सार्वजनिक गर्ने बेस प्राइसको आधारमा पूँजीगत लाभ कर निर्धारण गर्दै आएको थियो। 
आजबाट नयाँ नियम लागुभएसंगै नेप्सेले आधार मूल्य (बेस प्राइस ) निकाल्न छाडेको छ। आज मिर्मिरे माईक्रोफाईनांसले जारी गर्न लागेको हकप्रद शेयरका लागि मूल्य समायोजन हुँदा नेप्सेले बेस प्राइस ननिकालेर खाली समायोजन गरेको मूल्य मात्र निकालेको छ ।
सरकारले यसै आर्थिक वर्षबाट शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर व्यक्तिगत लगानीकर्ताको लागि ५ प्रतिशत बात वृद्धि गरेर ७ दशमलव ५ प्रतिशत पुर्‍याएको थियो ।
हेरौँ आन्तरिक राजस्व विभागको चिठी :
प्रकाशित मिति :  २०७५  जेष्ठ २० गते दिनको १२:५५ बजे   
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार