बुटवल पावरको तेस्रो त्रैमासको प्रतिवेदनको वास्तविकता

Prabhu



इक्विटी नेपाल – काठमाडौँ :
बुटवल पावरले आफ्नो तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट प्रति धेरै लगानीकर्ताले विरोध गरेका छन् र धेरैले गलत रिपोर्ट सार्वजनिक भयो भन्ने खालको अभीव्यक्त्ती पनि आइरहेका छन् ।

यो विषयमा इक्विटी नेपाल टिमले गरेको विश्लेषण :

बुटवल पावर कम्पनी लिमिटेडले ४०१ रुपैयाँ प्रिमियम थपी ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गरेको थियो । एफपिओ पुरै विक्री हुन सकेन र ६१ करोड रुपैयाँ बराबरको १२ लाख ३३ हजार कित्ता प्रत्याभूति कर्ता (अण्डरराइटर)ले किन्नु पर्ने अवस्था सिर्जना भयो ।
कम्पनीले एफपिओबाट जम्मा २ अर्ब ४ करोड सङ्कलन गर्नु पर्नेमा जम्मा १ अर्ब ४२ करोड मात्र कम्पनीले सङ्कलन गरेको छ । प्रत्याभूतिकर्ताबाट अझै ६१ करोड आउन बाँकी रहेको कुरा कम्पनीको तेस्रो त्रैमासको रिपोर्टमा जनाएको छ ।

 भयो के ?

कम्पनीले अहिलेको तेस्रो त्रैमासको रिपोर्ट निकाल्दा सङ्कलन भएको फेस भ्यालु र प्रिमियम दुवै रकम गरी १ अर्ब ४२ करोड रुपैयाँ जगेडा कोषमा राखेको छ ।

हुनु पर्ने के ?

एफपिओ निष्कासन गर्दाको १०० रुपैयाँ फेस भ्यालु कम्पनीले यसै वर्ष पूँजीमा जोड्नु पर्दछ र एफपिओबाट सङ्कलित प्रिमियम जगेडा कोषमा हाल्नु पर्दछ । अर्को आर्थिक वर्षमा उक्त्त जगेडा कोषको रकमबाट लगानीकर्ताले बोनस शेयरप्रदान गर्न सक्दछ ।

प्रत्याभूतिकर्ताबाट उठ्नु पर्ने बाँकी ६१ करोड कम्पनीलाई प्राप्त भएपछि कम्पनीको अवस्था यस्तो देखिन्छ ।
यो विश्लेष्ण कम्पनीले प्रकाशित तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनमा आधारित रहेर गरिएको हो। 


प्रकाशित मिति : २०७५ जेष्ठ १६ गते  बिहान  १० : ४२ बजे 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार