आन्तरिक उत्पादन वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार हुँदैन- मधु मरासिनि अर्थ सचिब

काठमाडौं । आन्तरिक उत्पादन र पुँजी सिर्जनामा वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने कुरा अर्थसचिव मधुकुमार मरासिनीले १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ मा आयोजित समापन समारोहमा बताएका हुन् । “अर्थतन्त्रमा शिथिलता आयो, आयात बढ्यो भनेर समस्या देखिइरहेका छन् । अर्थतन्त्रमा देखिएको असजतालाई सहज बनाउने भनेको स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर हुने र […]

नेपाल टेलिकमको आम्दानी घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको नाफा बढे पनि आम्दानी घटेको देखिएको छ। टेलिकमले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो। पहिलो नौ महिनामा कम्पनीको खुद नाफा ५ अर्ब ५९ करोड ३७ लाख ९८ हजार रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा कम्पनीको नाफा ५ अर्ब ४१ […]

नेपालको निर्माण क्षेत्रमा डिजिटलाइजेशन सम्बन्धि एकदिने सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल विम फोरम (NBIMF) र नेपाल जलविधुत एशोसियसन (NHA) द्रारा विश्व बैंकको सहयोगमा ‘नेपालमा बीआईएम सम्मेलन २०२४’ शीर्षकमा एकदिने सम्मेलन आयोजना गरेको हो । कार्यक्रमको मुख्य विषय “कसरी कुशल र लागत प्रभावकारी निर्माण प्रक्रियामा डिजिटल प्रविधि “BIM” सहायता गर्न सक्छ” भन्ने हो। पुल्चोकस्थित स्क्वायर होटलमा भएको कार्यशालामा विज्ञहरुले प्रस्तुत गरेका थिए । यस कार्रयक्रमा […]

गण्डकी, कोशी र बागमतीमा वर्षा

काठमाडौं । गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी […]

कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् । राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने प्रतिबद्धता जनाए । ‘मैले यसअघि पनि पटकपटक सार्वजनिक मञ्चहरुमार्फत भनेको छु । कोही […]

सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो, राज्यकोषको अर्बौं रकम बच्यो

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ । यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिंक कम्युनिकेसनले दायर गरेका वभिन्न आठ वटा रिट खारेज भएका छन् । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा। नहकुल सुबेदीको संयुक्त इजलासले वर्ल्डलिंकको माग […]

सरकारविरूद्ध वर्ल्डलिंकले सर्वोच्चमा हालेको सबै आठ रिट खारेज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले सरकार विरुद्ध सर्वोच्चमा हालेको सबै आठ वटा रिट खारेज भएको छ। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा. नहकुल सुबेदीको संयुक्त इजलासले वर्ल्डलिंकको माग दाबी अस्वीकार गर्दै रिट खारेज गरिदिएको हो। वर्ल्डलिंकले नयाँ अनुमति पत्रका साथसाथै रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास शुल्कको बारेमा पनि मुद्दा हालेको थियो। महालेखा परीक्षको ५३ […]

समग्रमा मुल्यवृद्धि घट्दा सबैभन्दा कम हिमालमा

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा वार्षिक बिन्दुगत  उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । आइतबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको […]

२७ प्रतिशतले बढ्यो मेट लाइफ इन्स्योरेन्सको मुनाफा

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफ इन्स्योरेनसको मुनाफा २७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको मुनाफा २७ दशमलव ७१ प्रतिशतले वृद्धि हुदाँ २७ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको मुनाफा २१ करोड ३४ लाख रुपैयाँ […]

८.२६ अंकले बढ्यो नेप्से, ३ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । आइतबार सेयर कारोबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १ हजार ९ सय ७४.५० अंकमा पुगेर बन्द भएको छ । बिहीबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२१ अंकले बढेर ३ सय ५०.८२ बिन्दुमा पुगेको हो ।आइतबार ३ सय ११ वटा कम्पनीको […]