नेपालको निर्माण क्षेत्रमा डिजिटलाइजेशन सम्बन्धि एकदिने सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल विम फोरम (NBIMF) र नेपाल जलविधुत एशोसियसन (NHA) द्रारा विश्व बैंकको सहयोगमा ‘नेपालमा बीआईएम सम्मेलन २०२४’ शीर्षकमा एकदिने सम्मेलन आयोजना गरेको हो । कार्यक्रमको मुख्य विषय “कसरी कुशल र लागत प्रभावकारी निर्माण प्रक्रियामा डिजिटल प्रविधि “BIM” सहायता गर्न सक्छ” भन्ने हो। पुल्चोकस्थित स्क्वायर होटलमा भएको कार्यशालामा विज्ञहरुले प्रस्तुत गरेका थिए ।

यस कार्रयक्रमा अपर अरूण जलविधुत योजनाको योजना प्रमुख, परामर्रशदाता ट्ररयाक्टेल कम्पनि, नेपाल विम फोरमका अध्यक्ष, सल्लाहकार, निर्माण व्यवसाय महासंघका प्रतिनिधि, अन्तराष्ट्रिय स्तरका विम विज्ञहरूले समेत प्रस्तुतीकरण तथा मन्तव्य राख्नु  भएको थियो । समग्र विमको प्रयोगवाट नेपालको जलविधुत क्षेत्रमा कसरी प्रयोगमा ल्याउन सकिन्छ र कसरी फाइदा लिन सकिन्छ भनेर व्यापक वहस, प्रस्तुतीकरण तथा छलफल भएको थियो ।

डिजिटल प्रविधिको प्रयोग गर्न मुख्यत: माइन्डसेटमा परिवर्तन ल्याउन जरूरी देखिएको विज्ञ सुनिल सुवाल वताउनुभयो र गोष्ठीको निष्कर्ष समेत रहेको छ । डिजिटल प्रविधि प्रयोग गरि लाइडर सर्भे, भवन निर्माणको डिजाइनमा विमको प्रयोग नेपालमा समेत भइरहेको नेपाल विम फोरम तथा विम सम्वन्धि कार्य गर्ने परामर्शदाताले प्रस्तुतीकरणा मार्फत जानकारी गराएका थिए।

विम तथा नविन प्रविधिको खोज अनुसन्धान, अध्ययन तथा प्रयोगमा सहयोग गर्न गैर नाफामुलक संस्था नेपाल विम फोरम संस्था सधै सहयोग गर्ने कुरा नेपाल विम फोरमका अध्यक्ष संकल्प पोखरेलले प्रतिवद्रता जनाउनुभयो । यसै गरि नेपाल जलविधुत एशोसियसन तथा विश्व बैंकको प्रतिनिधिले समेत डिजिटल प्रविधिको प्रयोग सम्वन्धि  मन्तव्य राखेका थिए।

करिव ढेड सय हाराहारीमा विभिन्न क्षेत्रका इन्जिनियर, डेभलपर्स, परामर्शदाता, निर्माण क्षेत्रका सरोकारवाला संस्थाका प्रतिनितधि समेत कार्यक्रममा सहभागी भएका थिए । यस भन्दा अगाडी नेपाल विम फोरम तथा सहरी विकास तथा भवन निर्माण विभाग र ट्रिम्वल कनेक्ट द्ररा पाँच वर्ष अगाडी पहिलो पटक डिजिटलाइजेशन इन नेपालको नारा सहित पहिलो सम्मेलन सपलतापूर्वक सम्पन्न भएको थियो । यस पटक गरिएको यो सम्मेलन दोस्रो प्रयास रहेको छ ।

यस कार्यक्रममा उल्लासपूर्वक सहभागीले थप डिजिटलाइजेशन तथा विम सम्वन्धि कार्य गर्न नेपाल विम फोरमलाइ अगाडी वढ्न थप प्रेरणा मिलेको नेपाल विम फोरम नेपालका पूर्व अध्यक्ष महेश कार्कीले बताए।  कार्यक्रमले नेपालको निर्माण क्षेत्रमा विशेषत जलविधुत लगायत निर्माण क्षेत्रमा हुने लागत वढ्ने, निर्माण कार्यको ढिलाइ, डिजाइन त्रुटी तथा जोखिम व्यवस्थापन समेतलाइ यस विम प्रविधिले सहयोग गर्ने यस गोष्ठीको निचोड रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार