२७ प्रतिशतले बढ्यो मेट लाइफ इन्स्योरेन्सको मुनाफा

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफ इन्स्योरेनसको मुनाफा २७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको मुनाफा २७ दशमलव ७१ प्रतिशतले वृद्धि हुदाँ २७ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको मुनाफा २१ करोड ३४ लाख रुपैयाँ थियो ।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले आफनो कुल सम्पत्तिमा ५ दशमलव ३६ प्रतिशतले वृद्धि भएको बताएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल सम्पत्ति ३० अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा २८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कुल दायित्व ६ दशमलव ८८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल दायित्व रकम २६ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा २५ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । इक्विटीमा भने ५ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इक्विटी ३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा इक्विटी ३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा जीवन बिमा कोष ९ दशमलव ६६ प्रतिशतले वृद्धि भएको बताएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा जीवन बिमा कोषमा संकलित रकम २६ अर्ब १७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा २३ अर्ब ८७ करोड रुपैयाँ संकलन भएको थियो ।

त्यस्तै कम्पनीको आर्जित बचत रकम भने १० दशमलव ८१ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब १८ करोड रुपैयाँ आर्जित बचत रहेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा सो रकम २ करोड ४४ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आम्दानी ६ दशमलव ७५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कुल बीमा शुल्क आम्दानी ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा ३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । त्यस्तै खुद बीमा शुल्क पनि ग्रहण ६ दशमलव ७८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा खुद बीमा शुल्क ग्रहण ३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा ३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । कम्पनीले समीक्षा अवधिमा ब्याज आम्दानी ११ दशमलव ४९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ८७ करोड रुपैयाँ ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ६८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बीमा पोलिस संख्यामा ६ दशमलव ७९ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको नौ महिनामा ८ लाख ६१ हजार ८ सय ८४ वटा पोलिस बीमा पोलिस संख्या जारी गरेकामा गत आर्थिक वर्षको सोहि अवधिमा ९ लाख २४ हजार ६ सय ६५ वटा जारी गरेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार