चार दिन पछि बढेको शेयर बजार फेरि घट्यो, १० करोडले बढ्यो कारोबार रकम

काठमाडौं । चार दिन पछि बढेको शेयर बजार बिहीबार पुनः घटेको छ । बुधबार सामान्य अंकले बढेको शेयर बजार बिहीबार भने सामान्य अंकले घटेको हो । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.३९ अंकले घटेर ४३६.६२ […]

आईपीओ भर्नका लागि ५० हजार आवश्यक पर्ने नियम सहित साना तथा मझौला संस्थाको नियमावली कार्यान्वयनमा

काठमाडौ । नेपाल धितोपत्र बोर्डले “साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१” लागु गरेको छ। नेपाल सरकारले स्वीकृत गरेसॅगै बोर्डले २०८१ साल माघ ३ गतेबाट यो नियमावली कार्यान्वयनमा ल्याएको हो । न्युनतम २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले यो नियमावली अनुसार आफ्नो चुक्ता पुँजीको ३० देखि ४९ प्रतिशतसम्म शेयरको सार्वजनिक […]

मातृभूमि लघुवित्तको २२ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ हजार ६८५ कित्ता संस्थापक शेयर माघ ३ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले एक जना संस्थापक शेयरधनीको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कैलाली वा कर्पोरेट कार्यालय […]

महालक्ष्मी विकास बैंकले लाभांश रकम शेयरधनीको खातामा जम्मा गर्दै

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएकै दिनदेखि नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट यस वर्ष कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँको […]

सानिमा बैंकको ४९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले ४९ हजार ५० कित्ता संस्थापक शेयर माघ ३ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि गत असार १३ गते सर्वसाधारणमा विक्री खुला गर्दा समेत विक्री नभएको उक्त शेयर पुनः विक्री आव्हान गरेको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र […]

सिद्धार्थ बैंकले वितरण गर्‍यो ४ प्रतिशत नगद लाभांश

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यस वर्षको ४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आार्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेपछि सोही दिनदेखिनै सम्बन्धित शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिएको जानकारी कम्पनीले […]

एनएमबि लघुवित्तले चैत मसान्तभित्र साधारण सभा गर्ने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभा २०८१ चैत्र मसान्तभित्र सम्पन्न गर्ने भएको छ । कम्पनीको वार्षिक वित्तीय विवरण बाह्य लेखा परीक्षणको प्रक्रिया सम्पन्न भई हाल नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रहेको जानकारी दिएको छ । यस प्रक्रियाका कारण निर्धारित समयसीमाभित्र वार्षिक साधारण सभा गर्न नसकिएको कम्पनीले नेप्से मार्फत […]

तीन दिन पछि झिनो अंकले बढ्यो नेप्से, ८२ करोडले घट्यो कारोबार

काठमाडौं । बिहीबार देखि घटेको शेयर बजार बुधबार भने बढेको छ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.४१ अंकले घटेर ४३९.०१ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.०२ अंकले बढ्दा र सेन्सेटिभ […]

सिवाईसी नेपाल लघुवित्तको स्थगित साधारण सभा माघ १२ गते हुने

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित छैठौं वार्षिक साधारण सभा माघ १२ गते हुने भएको छ । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल दिपसागर, पोखरामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । यस अघि पुस २९ गते यो सभा बोलाइएकोमा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । […]

लिवर्टी इनर्जीको अवितरित हकप्रद शेयर माघ २ गते देखि लिलामीमा

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गते बुधवारदेखि अवितरित ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले यस अघि ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा विक्री गर्दा वितरण हुन नसकेको यी शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको उल्लेखित कित्ता शेयर भने विक्री हुन […]