दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब बढी कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १७.०४ अंकले घटी २ हजार ९५.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२५ अंकले घटेर ३ सय ७०.९३ विन्दुमा पुगेर बन्द भएको हो । बिहीबार ९.३२ अंकले घटेको शेयर बजार आइतबार ०.८० प्रतिशतले […]

मेवा खोला हाइड्रोद्धारा १ करोड २३ लाख हकप्रद शेयर जारी गर्ने तयारीमा

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावार लिमिटेडको लगानी रहेको श्री युनाइटेड मेवा खोला हाइड्रोपावार प्रा.लिले १ करोड २३ लाख ५ हजार हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५ हजार कित्ता सेयर जारी गर्न लागेको हो । १ […]

सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६४,६१२ कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य रु.२७५/- (अक्षेरुपी दुई सय पचहत्तर मात्र) मा बोलकलोलको माध्यमबाट बिक्री गर्ने भएको छ उक्त शेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरु तथा सर्वसाधारणहरुले २०८१ असार ९ गते भित्र बिक्री प्रबन्धक श्री कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा […]

नेशनल फण्ड म्यानेजमेन्टको संस्थापक शेयरधनीलाई हकप्रद खुल्ला हुने

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले  कायम संस्थापक शेयरधनीहरूका लागि चुक्ता पूँजी  ५४,००,००,०००/- (अक्षरुपी चौवन्न करोड मात्र ) को ५०% ले शेयर अकित मूल्य रू. ५०\- दरले रू. २५,००,००,०००\- (अक्षरुपी सत्ताइस करोड रुपैयाँ मात्र) हकप्रद शेयरको निष्काशन तथा बिक्रि खुल्ला गरेको छ । हकप्रद शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीले २०८१ असार १९ गते देखि […]

साताको सेयर :२८ अर्ब बढीको कारोबार, थपियो ५४ अर्ब बजार पूँजीकरणमा

काठमाडौं ।यो साता धितोपत्र दोस्रो बजारमा कारोबार सुधारउन्मुख दखिएको छ । यो साता बजार मापक नेप्से परिसूचक ३४.५१ अंकले बढेको छ । यो साता २ हजार १ सय १२.२९ अंकमा रहेको नेप्से गत साता २ हजार ७७.७८ अंकमा सिमित भएको थियो । क वर्गको कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.८४ अंकले बढेको छ । […]

सेबोनले नयाँ अध्यक्ष पाउँदै, आइतबार र सोमबार प्रस्तुतीकरण हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढ्ने भएको छ। अर्थमन्त्रालयले सेबोनका अध्यक्षका लागि सर्ट लिस्टमा परेका उमेदवारहरुलाई फोन गरेर प्रस्तुतीकरण लागि तयारी अवस्थामा बस्नु भनेर जानकारी दिएसँगै लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेको हो। सेबोनको अध्यक्षका उमेदवार तथा सेबोनका निर्देशक डा. नवराज अधिकारीले अर्थमन्त्रालयले फोन गरेर आगामी हप्ताका लागि प्रस्तुतीकरण […]

एनएमबि लघुवित्तको साधारणसभा हुँदै,यस्ता छन् एजेण्डा

काठमाडौं ।एनएमबि लघुवित्त वित्तीय संस्थाको  ११औं वार्षिक साधारणसभा असार २१ गते होटल बाराही पोखरा, कास्कीमा हुने भएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ /८० को वित्तीय विवरण पारित गर्ने, लखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको हिसाब विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताब रहेका छन् । साधारणसभाले केन्द्रीय कार्यालय […]

श्री डिष्टिलरीले ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्ने

काठमाडौं । श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । […]

९ अंकले घटेको सेयर बजारमा उच्च कारोबार रकम ६ अर्ब

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार ०.४३ प्रतिशतले घटेको छ । बिहीबार नेप्से परिसूचक ९.३२ अंकले घट्दा २ हजार १ सय १२.२९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स ०.७२ अंकले घटेर ३ सय ७४.१८ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार भने नेप्से परिसूचक ६.३७ अंकले […]

साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एकीकृत हुने पाए अन्तिम अनुमति

काठमाडौं ।साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंङ्कबाट   एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका छन्। अन्तिम स्वीकृतिसँगै  कम्पनीले साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार  गर्ने छन् । गोरखा जल्लामा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था  र  तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका १, डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको सबैको लघुवित्त वित्तीय […]