RE
Global College

सीइडीबी हाइड्रोपावरद्धारा बोनस शेयर र हकप्रद शेयरको घोषणा

काठमाडौं ।सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनस शेयर र हकप्रद शेयर जारी गर्ने भएको छ । शनिबार बिहान  बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ को लागि चुक्ता पूँजी ९३ करोड १७ लाख ४५ हजार १०० रुपैयाँको ११ प्रतिशतले हुन आउने १० करोड २४ लाख ९१ हजार ९६१ रुपैयाँ अर्थात् १० लाख २४ हजार ९१९.६१ कित्ता बोनस शेयर जारी गर्ने बताइएको छ । बोसन शेयर जारी गरे पश्चयात कायम हुने १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ०६१ रुपैयाँ को ५४.५ प्रतिशतले हुन आउने ५६ करोड ३६ लाख ५९ हजार १९८.२५ पैसा अर्थात् ५६ लाख ३६ हजार ५९१.९८ कित्ता हकप्रद शेयर जारी गर्ने बताइएको छ ।

कम्पनीको वार्षिक साधारण सभा असोज २१ गते सोमबार बिहान १० बजे बस्ने भएको छ । शनिबार बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । असोज ७ गते वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजीको कामको लागि बन्द रहने बताइएको छ ।

शेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन असोज ६ गते सम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा कारोबार भई सात दिन भित्र दाखिल खारेजको लागि प्राप्त शेयरहरुबाट कायम रहेका शेयरधनीहरु वार्षिक साधारण सभामा भाग लिनका लागि योग्य हुने समेत बताइएको छ ।

NECO

Leave Your Comment

Related News