बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर निष्कासन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले बिहीबारबाट शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर […]

साप्सु कालिका हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ प्रस्तावसहित पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल […]

युनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजारभन्दा बढी कित्ता शेयर निष्कासनमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९२ हजार ३२० कित्ता संस्थापक शेयर मंसिर २७ गतेदेखि निष्कासनमा आएको छ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउने गरी निष्कासनमा आएको हो । प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको यी शेयरमा आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ […]

नेप्सेमा तीन कम्पनीको करिब साढे ३३ लाख बानेस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीको करिब साढे ३३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा ३ वटा कम्पनी अर्थात् स्वावलम्बन लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गुराँस लघुवित्तको गरी कुल ३३ लाख ३१ हजार ५२३ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा स्वावलम्बन लघुवित्तको २० लाख ६६ हजार २५० कित्ता, […]

स्वाबलम्बन लघुवित्तको साढे २० लाख बोनस शेयर नेप्सेमा सुचीकृत

काठमाडौं ।   स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको २० लाख बढी बोनस शेयर नेपाल स्टक एक्सचेन्ज , नेप्सेमा सूचीकृत भएको छ । बुधबार २० लाख ६६ हजार २५० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश र बोनस शेयर दिने निर्णय गरेको थियो । नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धीत शेयरधनीको […]

पुँजीबजारको विकासका लागि काम गर्छु : सेबोन अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजीबजारको विकासका लागि काम गर्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा बुधबार आयोजित स्वागत कार्यक्रमा उनले पुँजीबजारका लगानीकर्ताको मनोबल उच्च बनाइराख्नका लागि सेबोनले सबै सरोकारवाला संस्थासँग सहकार्य गर्ने समेत उल्लेख गरे। “अहिले पुँजीबजारको दायरा विस्तार र […]

पाँच दिन पछि शेयर बजारमा सुधार, नेप्से २७ सय माथि पुग्दा ५ अर्बको कारोबार

काठमाडौं । निरन्तर घटेको शेयर बजार बुधबार सुधार देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.७५ अंकले बढेर ४६४.६६ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ३.३९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ३.३८ अंकले बढेको […]

माछापुच्छ्रे बैंकले लाभांश नदिने

काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई यो पटक लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफासहितको रकम ऋणपत्र भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गत आवको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । यसअघि बैंकले १३.३० प्रतिशत बोनस सेयर प्रदान […]

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीले नगद लाभांश दिने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई ५.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ५.२५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस २४ गते बार्षिक साधारण सभा गर्ने भएको […]

हिमालयन बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । हिमालयन बैंकका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ८ हजार ५६२ कित्ता शेयर विक्री गर्ने भएका छन् । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरीद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी विक्री खुला गरिएको हो । यो […]