गरिमा विकास बैंकको २ लाख ५२ कित्ता शेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ५२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । केही संस्थापक शेयरधनी महानुभावहरुबाट आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयरमध्ये कुल २ लाख ५१ हजार ९५२.११ कित्ता शेयर बिक्री गर्ने व्यवस्था मिलाउन विकास बैंक समक्ष निवेदन दिएकाले बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

यसअघि बैंकले संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा ल्याएकोमा तोकिएको ३५ दिनभित्र उल्लेख्य आवेदन नपरेपछि सर्वसाधारणका लागि उक्त शेयर बिक्रीमा ल्याइएको बैंकले जनाएको छ ।

शेयर खरिदका लागि संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति र संस्थाले उक्त शेयर खरिद गर्न सक्नेछन् । शेयर खरिदका लागि १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौँमा निवेदन दिन सकिनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार