RE
Global College

हिमालयन एभरेष्टको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले फागुन २७ गतेको साधारणसभाबाट पारित ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा पठाउन शुरू गरेको छ।

नेप्सेमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्नेछन्। साथै शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न पनि कम्पनीले आग्रह गरेको छ।

साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएको खण्डमा अद्यावधिक गर्न समेत शेयरधनीलाई आग्रह गरेको छ। फागुन १३ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीले ऋण लिएको वित्तीय संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै लाभांश पठाइने कम्पनीले जानकारी दिएको छ।

NECO

Leave Your Comment

Related News