स्टार्टअप कर्जाका लागि १८३ परियोजना सिफारिस (सूची सहित)

काठमाडौं । औद्योगिक विकास प्रतिष्ठानले १८३ परियोजना स्टार्टअप कर्जा दिने प्रक्रिया अघि बढाएको छ। प्रतिष्ठानले शुक्रबार सूचना जारी गर्दै कर्जा सिफारिस गरिएको परियोजनाको सूची सार्वजनिक गरेको हो । यी परियोजनालाई प्रतिष्ठानले राष्ट्रिय वाणिज्य बैंकमार्फत १९ करोड ४० लाख रुपैयाँ स्टार्टअप कर्जा दिने छ। सिफारिसमा परेका परियोजना प्रस्तावकहरुले व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यानभ्याट दर्ताको सक्कल […]

राष्ट्रिय बाणिज्य बैंकद्वारा प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन हस्तान्तरण

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरे। सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले […]

रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा कोइरालाको निरन्तरता, चिमोरिया प्यानलै पराजित

काठमाडौं । नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघले नयाँ कार्यसमिति प्राप्त गरेको छ । जेठ २६ गते शनिवार काठमाडौँमा सम्पन्न सातौँ र आठौँ साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश कोइरालालाई पुन; अध्यक्ष पदमा निर्वाचित गर्दै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचनमा […]

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा

काठमाडौं ।  विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ ।नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो । आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन् । आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट […]

सवा खर्व लगानीमा ग्राण्ड सेन्ट्रल होटल संचालनमा आउँदै, पायो आइआरएन डबल बी माईनस र एफोर रेटिङ

काठमाडौं । नेपालको कोशी प्रदेश सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ ले ‘आइआरएन बीबी(डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ पाएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु वस्नेतको एकल लगानीमा संचालनमा आउन लागेको उक्त […]

चार हजारले घट्यो सुनको मुल्य

काठमाडौं । आज सुनको मुल्यमा गरावट आएको छ  । शुक्रबार सुन मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको सुनको मुल्य आज घटेर १ लाख ४१ हजार कायम भएको छ । शुक्रबारको  तुलनामा आइतबार छापावाला सुन प्रति तोला ४ हजार रुपैयाँले घटेको  हो । शुक्रबार तेजावी सुन प्रति तोला १ लाख ४४ हजार ३०० रुपैयाँ कारोबार […]

श्री डिस्टिलरीको विशेष साधारणसभा बस्दै,आइपिओको प्रस्ताब पास गर्ने

काठमाडौं । श्री डिस्टिलरीले विशेष साधारणसभा आह्वान गरेको छ । साधारणसभाले आइपीओ ल्याउने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ। कम्पनीले विशेष साधारणसभा आउँदो असार ११ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो २ बजेबाट हुनेछ । सभाले सर्वसाधारणका लागि आइपीओ सम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ । आइपीओ निष्कासनका […]

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली हुने, लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशका केहि स्थानमा हावा हुरीआउन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको छ ।  कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ बिभागले जनाएको छ । आज दिउसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक […]

घिउसिमिको मुल्य बढ्दा, डल्ले च्याउको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार गोलभेडा टुलो नेपालीको मुल्य यथावत रहेको छ हिजो प्रति केजी ५५ रुपैँयामा किनबेच भएको गोलभेडा ठुलो नेपाली आज पनि सोहो मुल्य कायम रहेको  छ । आलु रातो भारतियको मुल्य पनि यथावत रहेको छ  हिजो प्रति केजी ४७ रुपैँयामा कारोबार भएको भारतिय आलुको मुल्य आज पनि […]

भिण्डि र काउलीको मुल्य बढ्दा मटरकोसा र बोडिको यथावत

काठमाडौं । कालिमाटी फलफुत तथा तरकारी बजार बिकास समितिका अनुसार गोलभेडा ठुलो नेपालीको मुल्य प्रति के जी १० रुपैँयाले बढौको छ । प्याज सुकेको, गाँजर बन्दा,काउली स्थानिय काउली ज्यापु सेतो मुला हाईब्रिड, ,भन्टा डल्लो तने बोडि, घिउ सिमि राजमा ,भिण्डि ,च्र्याउ डल्लो,ब्रोकाउली सजिबन, तामा गुन्दुक,केरा, रुख कटहरको मुल्य हिजोको तुलनामा बढेको छ गोलभेडा टुलो भारतिय,गोलभेडा […]