आरम्भ माइक्रोफाइनान्स आइपीओ दुई दिनमा बांडफांड [नतिजा सहित]

इक्विटी नेपाल – काठमाडौँ :

आरम्भ माइक्रोफाइनान्स वित्तिय संस्थाले  गत फाल्गुन १५ गतेदेखि २१ गतेसम्म निस्काशन गरेको १०० रुपैया दरको २ लाख ९४ हजार कित्ता प्रथमिक शेयरको बांडफांड आज भएको छ।  नेपाली शेयर बजारमा पहिलोचोटी अनिर्वायरुपमा  सेन्ट्रलाइज्ड आस्वा सुरु भएसँगै  सेयर निष्काशन बन्द भएको दुई दिनभन्दा कम समयमा शेयरको बांडफांड गर्न सफल भएको छ। 
माइक्रोफाइनान्सको  जारी गरेको २ लाख ९४ हजार कित्ता शेयर मध्य सामुहिक लगानीकोषहरुलाई १४ हजार ७०० कित्ता तथा कर्मचारीलाई ८ हजर ८ सय २० कित्ता शेयर बांडफांड गरिएपछि बाँकी रहेको २ लाख ७० हजार ४ सय ८० कित्ता शेयरहरु सर्वसाधारणलाई बांडफांड गरिएको बिक्रिप्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ। 
यस माइक्रोफाइनान्सको प्राथमिक शेयरमा आवेदन गर्ने कुल आवेदक १ लाख ८६ हजार ३८ जना रहेकामा ३ सय ८५ वटा आवेदन रद्द भएका छन्। सदर भएका कुल आवेदन मध्य २७ हजार ४८ जनाले मात्र गोलाप्रथाका मध्यमबाट १० कित्ताका दरले शेयर पाएका छन्।

गोलाप्रथाद्वारा १० कित्ता शेअर पाउन सफल आवेदनकर्ताको नामावली तलको लिंकमा गएर हेर्न सकिन्छ :

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार