रिलायन्स फाइनान्सको शेयर लिलामी बिक्रिमा खुल्ला

इक्विटी नेपाल – काठमाडौँ :
रिलायन्स फाइनान्स लिमिटेडले गत मङ्सिर २२ गतेदेखि माघ १२  गतेसम्म जारी गरेको ४५  प्रतिशत हकप्रद शेयरमध्ये बिक्रि नभएको ६  लाख ५२ हजार ९ सय ४० दशमलव ६० कित्ता शेयरहरु चैत्र १ देखि चैत्र ८ , २०७४ सम्म लिलाम बिक्रीका लागि खुल्ला गरेको बिक्रि प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।

लिलामी बिक्रीका लागि राखिएको १  लाख १० हजार ६ सय २६ दशमलव ०८ कित्ता साधारण शेयर तथा ५ लाख ४२ हजार ३ सय १४ दशमलव ५२ कित्ता प्रबर्द्धक शेयरका इच्छुक खरिदकर्ताले प्रतिशेयर रु १०० वा सो भन्दा बदी मूल्य अंकित गरी बोलकबोल गरी आवेदन गर्नु पर्ने छ।


इच्छुक खरिदकर्ताले लिलामी बोलपत्र आवेदन फारम काठमाडौँ कमलपोखरी स्थित सनराइज क्यापिटल लिमिटेड र उपत्यका बाहिरका रिलायन्स फाइनान्स लिमिटेडका शाखा कार्यालयहरु पोखरा , चितवन, बनेपा, झापा तथा सनराइज बैंक लिमिटेडका शाखाहरु बिराटनगर, वीरगंज, बुटवल,नेपालगंज, सुर्खेत, तथा धनगढीमा पाइने तथा बुझाउन सकिन्छ।


Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार