CLI

सूर्या लाईफ पायो हकप्रद जारी गर्ने अनुमति


इक्विटी नेपाल – काठमाडौँ :
सूर्या लाईफ इन्स्योरेन्स कम्पनीकम्पनीले भदौमा सम्पन्न वार्षिक साधारणसभाले परि गरेको ४० प्रतिशत हकप्रद शेयर बिक्रि गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले १० बराबर थप ४ कित्ताको अनुपातमा २८ लाख ८७ हजर ५ सय कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ। 

यस ४० प्रतिशत हकप्रद शेयरका लागि  शेयर निस्काशन तथा  बिक्रि प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। 

बीमा समितिको निर्देशन बमोजिम जीबन बीमा कम्पनीहरुले २०७५ असार मसान्तसम्म आफ्नो चुक्ता पूँजी २ अर्ब कायम गर्नु पर्ने हुन्छ। जसका लगानी सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले अहिले स्वीकृत हकप्रद बिक्रि गरि आफ्नो चुक्ता पूँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैया पुग्ने छ। 

साथै कम्पनीले  एफपीओ , हकप्रद वा बैदेशिक कम्पनीसंगै संझादेरी गरि २ अर्बका लागि  अपुग पूँजी पुरा गर्ने पूँजी योजना बीमा समिति समक्ष प्रस्तुत गरेको छ। 

Leave Your Comment

Related News