तामाकोशीको शेयर विवाद : आईपीओ निमित्त अझै कुर्नु पर्ने

इक्विटी नेपाल – काठमाडौँ :
तामाकोशीको शेयर कहिले आउला र भर्न पाईएला भनेर दोलखा वासी मात्र नभएर सम्पूर्ण नेपालीहरु उत्सुक छन् । झन दोश्रो बजारमा उत्साहा नदेखिएको बेला प्राथमिक बजार प्रति जनताको चासो हुनु त्यसमापनि ठुलो कम्पनीको आईपीओ हाल्दा शेयर पर्ने सम्भावना धेरै हुने हुदा तामाकोशीको शेयरलाई धेरै प्रतीक्षा गरेका छन् ।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले चैत्र महिना भित्रै शेयर दिने भनेपनी स्थानीय स्थानिय तहमा सेयर बाँडफाँडको विषयमा विवाद भएपछि आईपियो अझै ठिलो आउने देखिएको छ ।
स्थानीय राजनीतिक दलका नेताहरुबाट गठित संघर्ष समितिले दोलखामा आन्दोलन गर्दै आएको छ , संघर्ष समितिको माग पुरा भएपछी मात्र शेयर निस्कासन गरिनु पर्ने उनिहरुको माग छ ।
२०७१ सालमा गरिएको अध्ययन अनुसार अतीप्रभावितले ९५ कित्ता , प्रभावितले ४६ कित्ता र बाँकी दोलखा बासीले ३३ कित्ता शेयर पाउने अनुमान गरिएको थियो । तर संघर्ष समितिका अनुसार तिप्रभावित र प्रभावित गरी दुई तहमा मात्र स्ठानीयलाई वर्गीकरण गर्नु पर्ने माग छ । अन्य मागमा रकम जुटाउन नसक्ने जनतालाई शेयर प्रमाणपत्र धितोमा राखेर भन्रे बातावरण मिलाउनु पर्ने आदी माग छन , त्यस्तै समितिले माग पुरा नभए चैत्र १० गते पस्चात ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउने र आफ्नो आन्दोलन नियमित गर्ने जानकारी दिएको छ ।
तामाकोशीले स्थानीयलाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर जारी गर्ने प्रकृयामा थियो।  त्यस्तै आम नेपाली लगानीकर्तालाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड ५८ लाख कित्ता शेयर जारी गर्ने प्रकृयामा थियो । अब स्थानीयको शेयरको टुङ्गो नलागेसम्म सर्वसाधारणले पाउने शेयरपनी ढिलो हुने भएको छ ।
तामाकोशीको शेयर बाडफाडमा आएको विवाद र संघर्ष समितिले गर्ने भनेको आन्दोलनले प्राथमिक निस्काशन ढिलो हुने नै छ तर यसले ठुलो जलविधुत आयोजना बनाउने ठुला तथा विदेशी लगानीकर्ताहरु माझ भने नराम्रो असर पर्ने स्वभाविकनै छ ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार