मुक्तिनाथ विकास बैंकले व्याज दर बढायो , के अन्य सस्थाको निक्षेप आउला ?

इक्विटी नेपाल – काठमाडौँ :
विकास बैंकमा निकै राम्रो र सफल मानिने मुक्तिनाथ विकास बैंकले थप निक्षेप तान्नका निमित्त व्याज दरको नयाँ स्किम सार्वजनिक गरेको छ । बैंकले मुद्धती खातामा १२ प्रतिशत र वचत खातमा ८ दशमलव ५० शुन्य प्रतिशत व्याज दिने योजना सार्वजनिक गरेको छ ।
बैंकमा लगानी योग्य तरलताको अभाव भएसंगै बैंकहरु निक्षेप संकलनमा जोड दिदै आएका छन् ।
मुक्तिनाथ विकास् बैंक राजधानीमा आएपछी निकै आक्रामक हिसाबले प्रस्तुत भएको छ । शाखा आक्रमक हिसाबले वृद्धि गरेको बैंकले निक्षेप सन्कलनमा निकै जोड दिनु परेको छ ।
हुन त पहिले देखिनै वाणिज्य बैंकहरु भन्दा विकास बैंकमा व्याज दर बडीनै हुने गरेको थियो तर मुक्तिनाथ विकास बैंकको छाप निकै राम्रो भएलाले अन्य सस्थाबाट मुक्तिनाथमा पैसा आउने सम्भावना धेरै छ एक बैंकरले जानकारी दिए ।
व्याज यसरी नै वृद्धि हुँदै गएमा यसले शेयर बजारलाई राम्रो असार पुगाउदैन । शेयर बजारले जहिलेपनि न्युन व्याज दरलाई मन पराउदछ ।
बैंकले आफ्नो प्राथमिक पुजी (मुख्यत पुजी र जगेडा ) र निक्षेपको ८० प्रतिशत मात्रा लोन दिन पाउछ , उक्त्त प्रतिशतलाई सिसिडी रेसियोपनि भन्ने गरिन्छ । सिसिडी रेसियो ८० प्रतिशत नाघेको अवस्थामा राष्ट्र बैंकले कारवाही गर्ने गर्दछ । सिसिडी रेसियो खुकुलो नभएसम्म बैंकले अतिरिक्त कर्जा प्रवाह गर्न सक्दैन । सिसिडी रेसियो ८० प्रतिशत नाघ्न नदिन र थप कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय सस्थाहरु व्याज दर बढाउने गर्दछन । 
वाणिज्य बैंकहरुले भने मुद्दतीमा ११ प्रतिशत र वचतमा ८ प्रतिशत भन्दा धेरै व्याज नलिने भद्र सहमती गरेका थिए ।
अहिलको अवस्थामा सरकारले खर्च नगरेको अवस्थामा बजारमा पैसा आउँ गारो छ । प्रमुख श्रोतका रुपमा रेहेको रेमिटेन्समा उत्साहजनक अवस्थामा नरहनु , देश आउने भन्दा धेरै पैसा विदेश जानुले पनि बैंक च्यानलमा सजिलै पैसा आउँ गारो रहेको कुराको पुस्टि गर्दछ ।
अहिले बैंकले व्याज वृद्धि हुदा पैसा एउटा बैंकबाट अर्को बैंकमा जाने तर हाम्रो प्रणालीमा पैसा नबडने अर्का जानकाराको भनाई छ । 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार