लकिङ्ग अवधिको समाप्तिसंगै अपि पावरको मूल्यमा तिब्र गिरवाट

इक्विटी नेपाल – काठमाडौँ :
गत आइबारबाट बजार खुलेसंगै अपि पावर कम्पनी लिमिटेड को शेयरको मूल्य निरन्तररुप दोहोरो अंकले गिरावट आइरहेको छ। अन्य कम्पनीको दाँजोमा यो गिरावट अत्यधिक रहेको छ। गत बिहाबार बजार बन्द हुँदा ३४० रुपैया प्रति शेयर कारोबार भएको कम्पनीको शेयर मूल्य आइबार दश प्रतिशतले गिरावट आउदै ३०६ रुपैयामा कारोबार बन्द भएको थिए। त्यसै गरी सोमबारपनि उक्त कम्पनीका शेयरमा लगभग १० प्रतिशतको गिरावट आउदै २७६ रुपैयामा कारोबार भन्दा भएको छ। यस साताको सुरुको दुई दिनमा मात्र अपि पावरका लगानीकर्ताले प्रतिशेयर ६४ रुपैया घुमाएका छन्। 
अपि पावरको शेयर मूल्यमा यसरी तिब्र गिरावट आउनुमा बजारमा उक्त कम्पनीको शेयरको अधिक आपूर्ति रहेको छ। गत आइतबारबाट कम्पनीले आयोजना प्रभावित जनतालाई बिक्रि गरेको शेयरको ३ वर्षको लकिङ्ग अवधिको समाप्ति भएको  छ। कम्पनीले स्थानीय जनतालाई दश लाख कित्ता शेयर बिक्रि गरेको थियो, जुन अब बजारमा खुल्लारुपमा बिक्रि गर्न पाइने भएकोले उक्त कम्पनीको आपूर्ति बढ्न गई बजार मूल्य घट्न पुगेको देखिन्छ। 
अपि पावर कम्पनीले जारी गर्ने भनिएको दुइ सय प्रतिशत हकप्रद शेयरको अन्यौलता र कम्पनीले पनि विगतदेखि वित्तिय रुपमा सबल प्रदर्शन गर्न नसकिरहेको अवस्थमा स्थानीय जनतालाई बिक्रि गरिएको शेयरमा लगानी गर्ने लगानीकर्ताहरु बजारमा हाल कायम रहेको मूल्यमै शेयर बिक्रि गरि नाफा लिने प्रवति हाबी हुँदा कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागेको देखिन्छ। 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार