सिभिल बैंकको लिलामीमा पेश भएका बोलपत्र खोलियो

इक्विटी नेपाल – काठमाडौँ :
सिभिल बैंक लिमिटेडले फागुन २३ गतेबाट संस्थापक समूहको ३२ लाख ४४ हजार ६०० दशमलव २५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९२ हजार ८१९ दशमलव २५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको शेयरहरु खरिदका लागि पेश गरिएका बोलपत्रहरु मंगलबार खोलिएको छ। 
यस लिलामी प्रक्रियामा सर्वसाधारण समूहको शेयर खरिदका लागि ४ हजार ४० वाट आवेदन परेको थियो। सबै बोलपत्र खोलिसक्दा सिभिल बैंकको लिलामीमा लगानीकर्ताका बिचमा तिब्र प्रतिष्पर्धा देखिएको छ । जसका कारण लिलामीमा राखिएको सर्वसाधारण समूहको शेयरहरु दोस्रो बजारको मूल्यकै हाराहारीमा खरिद गर्न आवेदन पेश गरका थिए। लिलामीको प्रारम्भिक नतिजा अनुसार सर्वसाधारण समूहको शेयरहरुको प्रतिकित्ता सेयरको न्युनतम मूल्य १३३ रुपैंया कायम भएको छ । यस लिलामीमा न्यूनतम १३३ रुपैयाँदेखि माथि भाउ राखेर बोलपत्र भर्ने सबैले सेयर पाउने देखिएको छ । 
यद्यपि यस पटकको लिलामीबाट सर्वसाधारण समूहको शेयरहरु सबै बिक्रि भएता पनि संस्थापक समूहको ३२ लाख ४४ हजार ६०० दशमलव २५ कित्ता मध्ये १ लाख २३ हजार कित्ता मात्र बिक्रि भएको छ। बाँकी रहेको ३१ लाख २१ हजार ६०० कित्ता संस्थापक समूहको शेयरहरु पुनः बिक्री खुला गरिएको लक्ष्मी क्यापिटलले जनएको छ। इच्छुक लगानीकर्ताले आगामी चैत्र १४ गतेदेखि २१ गते सम्म बोलपत्र पेश गर्न सक्ने कुरा लक्ष्मी क्यापिटलले जनाएको छ।

सिभिल बैंकको शेयर लिलामी बिक्रिमा खुल्ला

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार