CLI

सहारा विकास बैंकले पायो २५० प्रतिशत हकप्रद बिक्रि गर्न अनुमति

इक्विटी नेपाल – काठमाडौँ :
सहारा विकास बैंक लिमिटेडलाई २५० प्रतिशत हकप्रद बिक्रि गर्नका लागी नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ। यससंगै बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद निष्काशन गर्न छ। 
बैंकले यस हकप्रदको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनआइबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। इक्रा नेपालले बैंकको हकप्रद शेयरलाई ग्रेड फाइभ रेटिङ प्रदान गरेको छ । जसले बैंकको वित्तीय अवस्था कमजोर रहेको संकेत गर्दछ ।
हाल यस बैंकलाई देव: विकास बैंकले प्राप्ति गर्ने प्रक्रियामा रहेकाले नेप्सेमा कारोबार बन्द रहेको छ।

Leave Your Comment

Related News