विदेशबाट आयात हुने चार वस्तु जसको हिस्सा नेपालको कुल निर्यात भन्दा धेरै छ

इक्विटी नेपाल – काठमाडौँ :
नेपालको वैदशिक व्यापार दिन प्रति दिन नाजुक अवस्थामा पुग्दै छ । माघ  मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापारमा कुल आयातको हिस्सा ९३  दशमलव ३   प्रतिशत रहेको छ भने कुल निर्यातको हिस्सा मात्र ६ दशमलव ७ प्रतिशत रहेको छ ।
नेपालले ४७ अर्ब ५० करोड बराबरको वस्तु निर्यात गरेको छ भने ६६१ अर्ब बराबरको वस्तु आयात गरेको छ ।
डरलाग्दो कुरो के छ भने नेपालले आयात गर्ने यस्ता चार वस्तु छन् जसले नेपालको कुल निर्यात भन्दा धेरै हिस्सा लिन्छन ।
नेपालको कुल निर्यात ४७ अर्ब भएको अवस्थामा नेपालले ८५ अर्ब बराबरको पेट्रोलियम पदार्थ , ६९ अर्ब बराबरको फलाम तथा स्टिल , ७० अर्ब बराबरका मेसिनरी तथा  पार्ट्स र ४९ अर्ब बराबरका यातायातका साधन र तिनका पार्टपुर्जा आयात गरेको छ ।
नेपालले सबै भद्ना धेरै निर्यात गर्ने वस्तु भनेको उनी गलैचा रहेको छ । ७  महिनाको अवधिमा नेपालले करिव ३ अर्ब ८२ करोड रुपैया बराबरको उनी गलैचा निर्यात गरेको छ ।
यस क्षेत्रका एक जानकार अनुसार  “जनसंख्या र मान्छेको आय स्तर वृद्धिसङ्गै पेट्रोलियम पथार्थको माग अझै वृद्धि  हुने र आजै देखि विधुतिय सवारी साधानलाई बडावा दिनु पर्छ  ”   
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार