साधारण शेयर धनीले भर्ने भए संस्थापक हकप्रद ! १२ करोड बाट १ अर्ब पूँजी पुर्याउदै एभेरेस्ट इन्सुरेन्सको

इक्विटी नेपाल – काठमाडौँ :
कुनैपनि कम्पनीले हकप्रद शेयर जारी गर्दा सस्थापकले संस्थापक समुहको हकप्रद शेयर भर्ने र साधारण समुहले साधारण समुहको हकप्रद शेयर भर्ने प्रचलन रही आएको छ ।तर एभरेष्ट इन्सुरेन्स कम्पनीले भने यो पटक नयाँ प्रकृतिको हकप्रद शेयर सार्वजनिक गरेको छ ।

विमा समितिले निर्जीवन विमा कम्पनीका लागि भनेर १ अर्ब पूँजी तोकेको अवस्थामा कम्पनीले ६०० प्रतिशत हकप्रद शेयर दिनेकुरा सार्वजनिक गर्‍यो।  त्यस लगत्तै हकप्रद शेयरमा धेरै लगानीकर्ताहरु उचालिए र कम्पनीको मुल्य प्रतीकित्ता २९३० सम्म पुग्यो । कम्पनीमा शतप्रतिशत शेयर स्वामित्तवो  साधारण समुहको मात्र भएकाले कम्पनीमा न्युनतम ५१ प्रतिशत संस्थापक शेयर हुनुपर्ने कारण देखाएर धितोपत्र बोर्डले हकप्रद रोकिदियो । बोर्डले हकप्रद रोकेसँगै कम्पनीको शेयर मुल्यमा दोश्रो बजारमा भारी गिरावट आएको पाईन्छ ।

कम्पनीले चैत्र ८ गते सुचना निकाली साधारण सभा बोलाएको छ।  वार्षिक साधारण सभा वैशाख १० गते गर्ने निर्णय गरेको छ ।उक्त साधारण सभाबाट लगानीकर्ताले १० प्रतिशत बोनस शेयर पाउने छन ।
त्यस्तै कम्पनीले पुर्व निर्धारित ६०० प्रतिशत हकप्रद शेयरलाई सच्चाएर दुईपटक १०५ प्रतिशत र ३०० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव साधारण सभामा लैजादै छ । प्रथम पटक निस्कासन गरिएको हकप्रद शेयर संस्थापक समुहको हकप्रद शेयर हुनेछ।  यसबाट सस्थापक समुहको हिस्सा ५१ प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ४९ प्रतिशत हुने छ । त्यसपछि  कम्पनीका शेयरधनीले फेरी ३०० प्रतिशत हकप्रद शेयर भर्ने छन।  १० प्रतिशत बोनस शेयर र चरणबद्ध आउने दुईवटा हकप्रद शेयर पस्चात कम्पनीको पुजी १ अर्ब कट्नेछ ।

उदाहरण :

आजको दिनमा तपाईंसँग १०० कित्ता साधारण शेयर छ ।
१० प्रतिशत बोनस शेयर पस्चात तपाईंसँग ११० कित्ता साधारण शेयर हुने छ ।
त्यसपछि तपाईंले १०५ प्रतिशत संस्थापक हकप्रद शेयर भर्नु हुन्छ । उक्त्त हकप्रद शेयर पस्चात तपाईंसँग ११० कित्ता साधारण शेयर हुन्छ र ११६ कित्ता सस्थापक शेयर हुने छ ।
अर्को पटक कम्पनीले फेरी तपाईंलाई ३०० प्रतिशत हकप्रद शेयर दिने छ । तपाईंले अब ११० किता साधारण शेयरको ३०० प्रतिशत हकप्रद शेयर भर्नु हुन्छ भने ११६ कित्ता संस्थापक शेयरको ३०० प्रतिशत हकप्रद शेयर भर्नु हुन्छ ।
अब तपाईंसँग अन्तिममा ६७७ कित्ता शेयर हुन्छ जसमा तपाईं ३४७ कित्ता बराबरको संस्थापक शेयरधनी हुनुहुनेछ भने ३३० कित्ता बराबरको साधारण शेयरधनी हुनुहुने छ ।
कम्पनीले साधारण सभा प्रायोजनका निमित्त चैत्र २६ गते बुक क्लोज मिती तय गरेको छ, यसको मतलव चैत्र २५ गते सम्म कायम शेयर धनीले साधारण सभामा भाग लिएर १० प्रतिशत बोनस शेयर प्राप्त गर्ने छन ।
प्रस्तावित बोनस शेयर पस्चात कम्पनीको पुजी १३ अर्ब ३६ करोड पुग्ने छ , १०५ प्रतिशत संस्थापक हकप्रद पछी कम्पनीको पुजी २७ करोड पुग्नेछ र अन्तिमा आउने ३०० प्रतिशत हकप्रद शेयर पछी कम्पनीको पुजी १ अर्ब कट्ने छ ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार