नेपाली शेयर बजारमा बुलिश प्रवितिको ईतिहास

इक्विटी नेपाल – काठमाडौँ :
बुल र वियरले लगानीकर्ताको मनोविज्ञानको दिशा देखाउने गर्दछ । बुलमा बजारका प्रमुख पेरिसुचकमा वृद्धि आएर लगानीकर्ताको मनोविज्ञान बलियो भएको देखाउछ । एक दुई दिनको शेयर बजार भएको वृद्धिलाई बुलिस ट्रेन्ड भनिन्न , बुलिश ट्रेन्डको बजार केही लामो समयको लागि वृद्धि हुन्छ , विच विचमा भने सामान्य करेक्सन आउने गर्दछन । अन्तरराष्ट्रिय अवस्था हेर्ने हो भने बजार नराम्रो हिसाबले घट्दो प्रवित्तिमा गएको , मार्जिन कल र कर्जाले लगानीकर्ताहरु निराश भएका र शेयर बजारमा राम्रै सकृय एक दुई जनाको समुह घरबार विहिन भएको अवस्थाको बजारबाट रिकोभरी भए पस्चात बजारमा बुलिश चक्रको सुरुवात हुन्छ ।
नेपालको शेयर बजारको विगतलाई अनुसन्धान गर्दा बजार बुलिश प्रवित्ति समात्न निम्न कुराहरुहुन जरुरी देखिएको छ ।
१ शेयरको कम आपुर्ती
२ बैंकमा प्रयाप्त तरलता र न्युन व्याज दर
३ पुजी वृद्धि योजना
४ कम्पनीले खुवाउने लाभासमा दिन प्रतिदिन आउने वृद्धि
यहाँ मात्र होइन संसार भरको शेयर बजारमा अाउने उतार चडावको प्रमुख कारण भनेकै माग र आपुर्ती नै हो । बजारमा शेयरको आपुर्तिलाई मागले धान्न नसकेको अवस्थामा बजारमा वियरिस चक्रको सुरुवात हुन्छ भने बजारमा शेयरको आपुर्ती भन्दा माग धेरै भएमा बजार बुलिस चक्र तर्फ उन्मुख हुन्छ ।
बैंकमा अधिक तरलता भएमा बैंकको व्याज दरमा कमी आउन थाल्छ जसको कारणले गर्दा शेयर बजार साकारात्मक दिशा तर्फ उन्मुख हुन्छ । त्यस्तै नेपालको शेयर बजारमा वुलिश ट्रेन्ड एउटा प्रमुख तत्तो भनेको पुजी वृद्धि योजनापनि एक हो । पुजी वृद्धि योजनपछि निकै राम्रो बोनस र हकप्रदको लोभमा लगानीकर्ताहरु बजारप्रति निकै आकर्शित हुने भएकाले बजार निकै बड्ने गर्दछ ।
शेयर बजारमा लगानीगर्ने भनेको प्रतिफलको लागि हो । यदि शेयर बजारमा कारोबार हुने कम्पनीले दिन प्रतिदिन लाभास वृद्धि गर्दै जान्छन त्यसले शेयर बजारलाई सकारात्मक दिशा तर्फ लिदै जान्छ । जसले गर्दा अन्य क्षेत्रको लगानीपनि शेयर बजारमा प्रवेश गर्ने गर्छ ।
भुइचालो अघि केही समय बजार करेक्सनमा पुगेपनि अनन्त भुइचालो पछि केही समय पस्चातत बजारले निकै ठुलो बुलिश प्रविति समातेको पाईन्छ । भुकम्म पस्चात देशको अर्थतन्त्र निकै खराब अवस्थामा पुग्दापनि शेयर बजार बुलिश प्रवित्तिमा प्रवेश गर्यो । भुइचालोपछिको मौद्रिक नीतिबाट कुद्न लागेको बुल अन्त्यमा १८८१ को विन्दुमा गएर रोकियो । नेपालको अर्थतन्त्रको ऐना शेयर बजार नभएको पुस्टि हुन्छ ।
भुइचालो पछि बजार बुलिश प्रवित्तिमा जानुको प्रमुख कारण :
१ भुइचालो पछी देशको अर्थतन्त्रमा विदेशबाट निकै राम्रो पैसा आएको र देश भित्रने रेमिटेन्सपनि केही वृद्धि भएको देखिन्छ । जसको कारणले नेपालको बैंकिंग प्रणालीमा तरलाता वृद्धि भएको पाईन्छ । व्याज दर कम हुदा त्यसको शेयर बजारमा सकारात्मक असर पुगेको थियो ।
२ शेयर प्रमाणपत्र कारोवार हुने हाम्रो शेयर बजारमा शेयर अनिवार्य रुपमा अभौतिकरन ( डीम्याट ) हुनु पर्ने नियम लागुसङ्गै शेयर अभौतिकरण गर्न निकै धेरै लाग्नुले पनि बजारमा शेयरको आपुर्ती कम भएको पाईन्छ ।
३ भुइचालो लगत्तै जारी मौद्रिक नितिमा राष्ट्र बैंकले बैंक ( क , ख , ग वर्ग)हरुको पुजी वृद्धि गरियो । निकै ठुलो पुजी वृद्धिको कारणले गर्दा बजारमा बोनस शेयर र हकप्रद शेयरका निमित्त धेरै लगानीकर्ताहरुले शेयर किन्न हानथाम गरेको थिए । त्यसपछि जीवन र निर्जीवन विमा कम्पनीको पुजी वृद्धि आज की भोलिको अवस्थामा थियो , जसले गर्दा उक्त क्षेत्रका शेयर मुल्यमा अत्याधिक वृद्धि आउन पुग्यो ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार