नेप्से खबरः स्वेतपत्रमा शेयर बजारलार्इ सम्बाेधन गरिने हल्लाले बढायाे बजार, लगानीकर्ताकाे मुहार हरियाे !

इक्विटी नेपाल – काठमाडौँ :
अघिल्लाे दिनकाे त्रासका कारण बजार खुल्नासाथ तल झर्न सुरू गरेकाे बजार दिनकाे ठिक १२ः५० सम्म करिब ३४ अंकले झरेकाे तल अाएकाे थियाे । लगानीकर्ताहरू पाएकाे मुल्यमा तुरून्त बेचेर बजारबाट बाहिरिरहेका थिए । अर्का तर्फ खरिद गर्ने खरिदकर्ताकाे चाप बजार गहिराइ (मार्केट डेप्थ) बाट हेर्दा निकै न्यून देखिराखेकाे थियाे । धेरै लख बजार अझै तल जान्छ भन्ने नै थियाे ।

जसै १ बज्याे, बजारमा केही सुधार देखिएकाे भान हुन थाल्याे । क्रमशः त्यहाँबाट बजारले सरर्र उचाइ हासिल गर्दै फर्किन थाल्याे । धेरैलार्इ त के भइराखेकाे छ भन्ने नै थाह भएन । बजारमा एक्कासी खरिद चाप बढेर गयाे भने अर्कातर्फ बिक्री चाप कम भएकाे देखियाे । बजार सरासर उकालाे तर्फ लाग्न सुरू भयाे र काराेबारकाे अन्तसम्ममा ३९ दशमलव १६ अंकले बढेर १२०७ दशमलव ७१ काे बिन्दुमा पुगी बन्द भयाे ।
हिजाे भन्दा अाज काराेबार रकममा समेत वृद्धि भएकाे छ । हिजाे करिब ४७ कराेड रकम बराबरकाे काराेबार भएकाेमा अाज ५१ कराेड १५ लाख कराेड रकम बराबरकाे काराेबार भएकाे छ ।

के हाे त बजार बढ्ने कारण?

याे बीचमा काराेबार रकम तथा बजारकाे गतिमा ब्रेक लागी बजार मास्तिर फर्किरहँदा धेरैले धेरै किसिमले अड्कलबाजी गरिरहेकाे पाइयाे । कसैले स्वेतपत्रमा सरकारले शेयर बजारकाे बारेमा विशेष सम्बाेधन गर्न लागेकाे हल्ला सुनिन्छ भने त कसैले बजार अघिल्ला केही दिन देखि लगातार घटिरहेकामा याे केही मास्तिरकाे करेक्सन हाे भने । तर अाखिर जसले जे अड्कलबाजी लाएता पनि बजार माथि गएकाे छ । यसले अघिल्लाे दिन मुख राताे बनाएका अधिकांश लगानीकर्ताहरूकाे मुहार अाजकाे वृद्धिले हरियाे बनाएकाे छ। अाजभाेलीमा यसरी एक्कासी वृद्धि हुनुकाे असली कारण पक्का पनि थाहा हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार