CLI

बुटवल पावरको एफपीओ आज बाँडफाँड हुँदै

इक्विटी नेपाल – काठमाडौँ :
बुटवल पावर कम्पनीले बिक्रि गरेको ४० लाख ८१ हजार कित्ता एफपीओ आज बुधबार बांफांड गर्ने तयारी गरेको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

सुरुमा गत माघ १५ गतेदेखि माघ १९ गते सम्म प्रिमियम सहति प्रतिकित्ता ५०१ रुपैयाँ मूल्य तोकी बिक्रि गर्दा सम्पूर्ण शेयर बिक्रि हुन नसक्दा कम्पनीले समय थप गरी फाल्गुन १५ गतेसम्म बिक्रि खुल्ला गरेको थियो। यद्यपि एक महिना बिक्रि खुल्ला हुन तथा सस्थागत लगानीकर्तालाई पनि खरिद गर्न खुल्ला गरेतापनि कम्पनीले बिक्रिमा ल्याएको सम्पूर्ण शेयर बिक्रि हुन सकेन। बिक्रि हुन नसकेको ११ लाख ६१ हजार कित्ता उक्त कम्पनीको एफपीओ शेयरहरु विभिन्न शेयर प्रत्याभूतिकर्ता कम्पनीहरुले सकार्ने छन् ।

Leave Your Comment

Related News